अमरेस कुमार पाण्डेय बारा, ३० जेठ
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागी मेरोमाइक्रोफाइनान्सले प्रहरीलाई स्वास्थ्य सामाग्री उपलब्ध गराएको छ । कोभिड १९ को संक्रमणबाट आम जनसमुदायको सुरक्षामा खटिएका महागढीमाई १० गञ्जभवानीपुरस्थित प्रहरी चौकीका प्रहरीहरुको सुरक्षाका लागि मास्क, साबुन र सेनिटाइजर बितरण गरिएको हो । संस्थाका जितपुर अनुगमन कार्यालयका प्रमुख रामकिशोर प्रसाद कुश्वाहाले प्रहरी चौकीका प्रहरी नायव निरिक्षक बिन्देश्वर महत्तो कोइरीलाई सामाग्री बितरणगरेका हुन् । विपत, प्रकोप र महामारीका बेला सधै फ्रन्टलाइनमा सक्रिय सुरक्षाकर्मीलाई सम्मान र हौसलाका लागी स्वास्थ्य सामाग्री उपलब्ध गराइएको अनुगमन प्रमुख कुश्वाहाले बताए । यस अघि पनि संस्थाले बिभिन्न स्थानीय तह , आफ्ना ग्राहकहरु तथा बिभिन्न संघसंस्थालाई स्वास्थ्य सामाग्री तथा आवश्यक सामाग्री हस्तान्तरण गरिरहेको छ । मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेड नुवाकोटको बट्टारमा केन्द्रिय कार्यालय रहि देशका ६१ जिल्लामा १३० शाखा कार्यालय र जितपुर अनुगमन कार्यालय बारा अन्तर्गत ३ जिल्लामा ९ शाखा कार्यालय मार्फत लघुवित्तीय सेवा प्रदान गरिरहेको छ ।