राजिव शाह – सर्लाही ३१ जेठ
जनमत पार्टी केन्द्रीय समितिले सर्लाही सहित विभिन्न जिल्लाका नयाँ पदाधिकारी मनोनीत गरेको छ । नव चयन भएका जनमत पार्टी जिल्ला सर्लाही जिल्ला अध्यक्ष जबाहर राय,उपाध्यक्ष ममता महतो ,सचिव बिबेक शर्मा,सह सचिब योग्नारायन साह, कोषाध्यक्षमा बिरेन्द्र साह रहेका छन् । पार्टीले मनोनित भएका पदाधिकारीहरूलाई बधाई स्मरण गराउदै ,आगामी ६ महिना जिल्लामा उत्कृष्ट काम गरेर, सबैलाई मिलाएर, सबैलाई प्रेरित गरेर संगठन विस्तार र प्रशिक्षित गरेर देखाउने अवसर रहेको जनमत पार्टीले जनाएको छ । मनोनयनको अपेक्षा राखेका तर मनोनित नभएका नेता कार्यकर्ताहरूले धैर्य राखेर अनुशासित भएर काम गर्न गर्न नेता तथा कार्यकतालाई आग्रह गरिएको हो । साथै पार्टीले ६ महिना पश्चात् परिस्थिति सहज भएपछि जिल्लाहरूमा निर्वाचन वा तोकेको प्रक्रियाबाट जिल्ला समन्वय समिति चयन गर्ने जनमत पार्टी सर्लाही जिल्ला सचिव बिबेक शर्माले जानकारी दिए ।