उपेन्द्र गोले रौतहट ३१ जेठ ।
रौतहटको बृन्दावनमा सोमबार साझ २ थान साइकलसहित वनगस्ति टोलीले गोलिया बरामत गरेको छ । सोमबार साझ बिशेष सुचनाका आधारमा बृन्दावन सव डिभिजन वन अधिकृत सोनफी पासवानको नेतृत्वमा गएको गस्ति टोलीले काठ तस्करहरुलाई घेरा हाली पक्राउ गर्न खोज्दा वन कर्मचारी देख्नासाथ तस्करहरु साइकल २ थानसहित २ थान साल जातको गोलिया छाडि फरार भएको बृन्दावन सव डिभिजन वन कार्यालयले जनाएको छ । तस्करहरुले छाडेका गोलिया ९.३७ क्युफिट काठ र २ थान साइकल चेतनगर पोष्टमा घाटगद्दी गरि आबश्यक कारबाहिको लागि डिभिजन बन कार्यालय रौतहटमा पेश गरेको जम्दार कुञ्ज प्रकाश बन्ठाले बताउनु भयो । कोरोना संक्रमणको मौका छोपी तस्करहरु सक्रिय भएको अबस्थामा वन कर्मचारीहरुले तस्करहरुमाथी निगरानी बढाएका जिल्ला डिभिजन बन कार्यालय रौतहटले जनाएको छ ।