उपेन्द्र गोले रौतहट ३१ जेठ ।
रौतहटको चन्द्रपुर अस्पतालमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ । मानब अधिकार तथा शान्ति समाज सेवाको आयोजना तथा चन्द्रपुर हस्पिटल चन्द्रनिगाहपुरको सहयोगमा सोमबार रक्तदान कार्यक्रम सम्पन्न भएको हो । चन्द्रपुर हस्पिटलमा सम्पन्न सो रक्तदान कार्यक्रममा १७ जनाले रक्तदान गरेका थिए । कोरोना महामारीमा रगत अभाबका कारण बिरामी उपचारमा समस्या आइरहेको बेला रक्तदान कार्यक्रमले उपचारमा सहज आउने चन्द्रपुर हस्पिटलका डाक्टर सुबास चौधरीले बताउनु भयो । निषेधाज्ञाको समयमा बिरामीहरुलाई रगतको आवश्यकता परेको बेला स्थानिय विभिन्न निकायहरुसँग रक्तदानको लागी अपिल गर्दै आएको थियो । सोमबार १७ जनाले रक्तदान कार्यक्रम सम्पन्न भएपछि केही समयका लागी रगतको अभाव नहुने डाक्टर चौधरीले बताउनु भयो ।