पवन प्रसाद साह वीरगञ्ज ÷१ असाढ
पर्सा प्रहरीले अवैध रुपमा भित्रीएका बिभिन स्थानहरु बाट ८ वटा भारतिय मोटरसाइकल नियन्त्रणमा लिएको छ । जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले बिआर ०५ एजि २७१७, बिआर २२ जेड ११४७, बिआर ०० एपि २०२५, जेएच ०२ क्यु ३३०४, एउटा वन टेन्ट बुलेट र ३ वटा नम्बर नखुलेको मोटरसाइकल नियन्त्रणमा लिएको हो । बैशाख १६ गतेदेखि पर्सा जिल्लामा जारी भई थप भएको निषेधाज्ञा उल्लङ्घन गरी अनाधिकृतरूपमा पर्सा जिल्लाका विभिन्न स्थानमा चलाइएका तथा कागजपत्र नभएका ८ वटा भारतीय मोटरसाइकलहरूलाई यस कार्यालयबाट खटिएका विभिन्न चेकिङ तथा मोबाइल टोलीले वेवारिसे अवस्थामा नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । उक्त मोटरसाइकलहरुलाई रु.६ लाख ४५ हजार मूल्याङ्कन गरी आवश्यक कारवाहीको लागि सोमबार वीरगञ्ज भंसार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवम् प्रहरी नायब उपरिक्षक ओमप्रकाश खनालले जानकारी दिए ।