उपेन्द्र पासवान । कलैया । असार २ गते
बाराको महागढीमाईमा आगलागीबाट जलेको चौपायालाई उपचारको लागि अपिल
गरिएको छ । मंगलवार राती करीब १०ः०० बजे आगोलागी हुँदा चौपायासहित गोठ जलेर लाखौको क्षति भएको छ । महागढीमाई नगरपालिका –९ दक्षिण टोल पिप्राविर्ताका रामजिवन राम र जगजिवन राम दुई दाईभाईको टाँसिएको गोठमा आगो लागेको हो । एकाएक आगोको मुसलो देखिए पछि गाँउले छिमेकीको सहयोगमा आगो नियन्त्रणमा लिएका पिडितका काका योगेन्द्र महराले बताए । फुसको दुई घर गोठ पुर्णरुपमा जलेर खरानी भएको छ । रामजीवन रामको दुहिने गाई बाछो र जगजिवन रामको भैसी पाडी रहेका छन् । बाछो र पाडी जलेर मरेका छन् भन्ने गाई र भैंसीलाई बचाए पनि जलेर पुरै शरिर छदविक्षद भएकोले बाँच्ने सम्भावना कमै रहेको पिडितको भनाई छ । नेपाल ग्रामिण बैंक बरियापुर शाखाबाट पशुपालनको लागि जिविकोपार्जन गर्न एक लाख ऋण किस्तामा लिएका छन् । दूध विक्रीबाट किस्ता तिर्ने गरेको थिए । अब कसरी किस्ता तिर्ने र गर्जो टार्ने पिडित रामले दुखेसो पोखे ।
घरपलुवा जनावर घरगोठ गरि लगभग चार लाख बराबरको क्षति भएको बताए । लामखुट्टे धपाउन बालिएको घुरबाट आगो लागेको हुन सक्ने अशंका गरिए पनि आगोलागिको कारण एकिन्न हुन सकेको छैन । जलेर छटपटाई रहेका गाई भैंसीलाई उपचार गरिदिन सहयोगी निकायसँग अपिल गरेका छन ।