राजिव शाह । सर्लाही । असार ०२ गते
खाल्डोमा जमेको पानीमा डुबेर दुई बर्षका बालकको ज्यान गएको छ । सर्लाहीको बरहथवामा पानीमा डुबेर दुई वर्षका बालकको मृत्यु भएको छ ।बरहथवा नगरपालिका–५, बस्ने मुकेश गुप्ताका दुई वर्षीय छोरा ओम गुप्ताको पानीमा डुबेर मृत्यु भएको हो । बालक मंगलवार दिउँसोपख खेल्दै जाने क्रममा आफ्नै घरको चापा कलको फोहोर पानी जम्ने खाल्डोमा डुबेर अचेत भएका थिए । उनलाई तत्कालै उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा पु¥याइएपनि चिकित्सकले मृत घोषणा गरेका ईलाका प्रहरी कार्यालय बरहथवाले जनाएको छ । मृतक बालकको शव जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम पश्चात आफन्तले बुझेका छन् ।