शम्भु पंडित । जनकपुरधाम । असार ०३ गते
धनुषाको सबैला नगरपालिका वडा नं. ३ सबैलामा मोटरसाइकलको ठक्कर लागेपछि एक जना पैदल यात्री घाइते भएका छन भने चालक अवस्था चिन्ताजनक रहेको छ । बुधबार बेलुका ८ बजे तिर धनुषा जिल्लाको सबैला नगरपालिका वडा नं. ३ स्थित धनुषाको बिरेन्द्र बजार महिनाथपुर सडक खण्ड अन्तर्गत आउँदै गरेको ज ११ प ३२०१ नम्बरको मोटरसाइकलबाट ठक्कर लागेपछि पैदल यात्री महिला र मोटरसाइकल चालकको अवस्था घटनास्थलमै गम्भीर रहेको प्रहरीले बताएको छ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका दुईजनालाई उपचारका लागि प्रादेशिक अस्पताल जनकपुर पठाएको छ । ठक्कर दिएपछि मिश्र घटना स्थलमै बिहोस रहेको बुझिए र चालकको मुखबाट रगत र दाहिने हात र खुट्टामा चोट लागेको बताएका छन । मोटरसाइकलको ठक्कर बाट पैदल यात्री सबैला नगरपालिका वडा नं. ३ बस्ने बर्ष ६५ को सरबरि देबि मिश्र रहेको र दुर्घटनामा मोटरसाइकल चालक गनेशमान चारनाथ नगरपालिका वडा नं. ९ बरमझिया बस्ने राम मनोहर यादव गम्भीर घाइते भएकोले ईलाका प्रहरी कार्यालय सबैलाले जनाएको छ । प्रहरी प्रसानसन किन मौन बसेका हून्छ ? यता स्थानीयहरुको भनाइ अनुसार अहिले जताततै साना–साना केटाहरुले लागु औषध पदार्थ सेवन गर्दैछ । लागु औषधको नासा अनियन्त्रित नहूनेसम्म यस्ता घटनाहरु घटी रहन्छ ।