शम्भु पंडित । जनकपुरधाम । असार ०३ गते
धनुषाको महेन्द्रनगरमा आज बिहानैदेखि ट्राफिक प्रहरीले चेकजाँचलाई तीब्र पारिएको छ । धनुषा जिल्लाको क्षिरेश्वरनाथका ट्राफिक प्रहरी कार्यालयले ट्राफिक प्रहरी हबल्दार सुनिल कुमार साहले चेकजाँचलाई तीब्र पारिएको उनले जानकारी दिनुभएको छ । महेन्द्रनगरको ट्राफिक प्रहरी कार्यालय सह–ईन्चार्जको नेतृत्वमा सखुवा चौक, महेन्द्रनगर देखि जनकपुर र जनकपुरधाम देखि ढल्केवर जाने बाटोमा ट्राफिक प्रहरी खटाएको छ । महेन्द्रनगर ट्राफिक प्रहरी कार्यालयले क्षिरेश्वरनाथ नगरभित्र कडा चेकिँग सुरु गरेको छ । विहानैदेखि महेन्द्रनगरको विभिन्न चोकमा मोटो सँख्यामा ट्राफिक प्रहरी र नेपाल प्रहरीलाई खटाएर चेकिँग सुरु गरेको हो । सह–ईन्चार्ज साहका अनुसार, महेन्द्रनगर नगरभित्र चौपाया (गाई,वस्तु) लाई ठक्कर हानेर भाग्ने, मान्छेलाई ठक्कर दिए भाग्ने, दिनहुँ दुर्घटना हुने गरेको तथ्यलाई मध्यनजर गर्दै दुर्घटना न्यूनिकरणको लागि चेकजाँच सुरु गरिएको हो । विहान ७ः३० बजेदेखि सुरु गरिएको सरप्राईज चेकिँगको क्रममा महेन्द्रनगर नगरभित्रै सयौं बढी सवारी साधन कारवाहीमा परेको सह–ईन्चार्ज साहले जानकारी दिए । उनका अनुसार, लाईसेन्स नभएको, बिलबुक नभएको, सरकारी सवारीको दुरुपयोग गरेको, कर फेल भएको, तीन जना चढाएको, हेल्मेट नलगाएको, ट्राफिक नियम पालना नगरेको, लेन अनुशासन समेत पालन नगर्नेहरुलाई कारवाही गरिएको छ । कागजपत्र नभएको अवस्थामा ५०० देखि १५०० रुपैयाँ फाईन काट्ने गरेका , तर व्यवहारिकमा केही कागजपत्र भएको अवस्थामा मिनिमम १००० रुपैयाँसम्म जरिवाना काटेर पठाउने गरेका छ । आज सरप्राईज चेकिँग रहेको अब निरन्तर यो चेकिँग महेन्द्रनगरमा चलिरहने उनले बताए । महेन्द्रनगरमा केही उच्छृँग गतिविधि लगायत व्यस्त सडकमा पनि रोड राईड गर्नेहरुलाई नियन्त्रणमा लिएर कारवाही गर्ने गरेको सह–ईन्चार्ज साहले जानकारी दिए । विहानदेखि १० बजेसम्म करिब अढाई घण्टाकै अन्तरालमा सयौं सवारी साधनलाई कारवाही गरिएको हो । सह–ईन्चार्ज साहका अनुसार, सरकारी गाडीमाथि कडा निगरानी राखेको भन्दै सरकारी गाडीको दुरुपयोगलाई पनि न्यूनिकरण अनिवार्य चेकिँगबाट हुने उनले बताए ।