उपेन्द्र गोले । रौतहट । ०५ असार गते
रौतहटको सिमा नाकाबाट अबैध भन्सार छलीका विभिन्न सामग्रीहरु प्रहरीले नियन्त्रणमा लिइएको छ । रौतहटको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय रौतहट मातहत प्रहरी चौकी मठिया महुलियाबाट प्रहरी टोलीले गस्ती पेट्रोलिङ तथा चेकिङगको क्रममा वेवारिसे अवस्थामा फेला परेको हिरो होण्डा कम्पनीको ग्लेम्बर मोटरसाईकल अन्दाजी मुल्य पचास हजार बराबरको २ वटा मोटरसाईकल त्यसैगरि रौतहट गौर नगरपालिका वडा नं।२ महादेवपट्टी स्थितमा नेपालबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी भारत तर्फ लैजानको लागि राखेको अन्दाजी मुल्य आठ हजार एक सय बराबरको २७० वटा सौफी रक्सी र प्रहरी गस्ती टोलीले रौतहटको ईशनाथ नगरपालिका वडा नं।४ लतमरी स्थितमा भारतबाट अबैध रुपमा भन्सार छली चोरी पैठारी गरी ल्याएका प्लाष्टिक, खैनी, होर्लिक्स, चिनी, त्रिपाल, कपडा, विस्कुट लगायतका र अन्य सर–सामानहरु अन्दाजी मुल्य एक लाख दश हजार आठ सय त्रिचालीस बराबरको समेत गरी जम्मा मुल्य एक लाख अरसठी हजार नौ सय त्रिचालीस वरावरको २ वटा मोटरसाईकल सहित सामग्री प्रहरीले नियन्त्रणमा लिइएको जनाएको छ । बरामत गरिएको मोटरसाइकलसहित विभिन्न सामग्रीहरु थप कारवाहीका लागी रित पुर्वक शुक्रबार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।