राजेन्द्र महतो । लहान । असार ०५ गते
सिरहाको नरहा गाउँ पालिका स्थित सब डिभिजन बन कार्यालय चौहर्वा ले विभिन्न जातका रूखका बिरुवा उत्पादन गरेका छन । गोलबजार सब डिभिजन बन कार्यालयले निशुल्क बितरण तथा बन जङ्गल क्षेत्र मा वृ क्षारोपण को लागि प्रदेश सरकार र सघिय सरकार को कार्यक्रम अन्तर्गत ३ लाख बिरूवाहरु उत्पादन गरेका हुन। प्रदेश सरकार कार्यक्रम अन्तरगत नरहा गाउँ पालिका ।( ३ चौहर्वा स्थित सब डिभिजन कार्यालय को परिसरमा(१ लाख ,सिरहा न। पा।(१० स्थित भलुवाही मा बि को कम्पाउण्ड मा १ लाख गरि २ लाख महगनी,शिरीष ,लिपटिस,मसला , गम्हाइर, इपिलिपी ,हरोबरो ,बकाईनो ,खैयर तेज पात ,बइर ,अमला, लोकल साल ,आसन आदी जातका रूखको बिरुवा उत्पादन गरेको सब डिभिजन बन कार्यालय चौहर्वाका फोरेस्टर काशिन्द्र यादव ले बताएका छन। त्यस्तै सघिय कार्यक्रम अन्तरगत गोलबजार न पा।( ४ राजदेबी मन्दिर नजिक १ लाख बिरुवा उत्पादन गरेका छ्न। नगरपालिका , गाउँ पालिका तथा बन जङ्गल क्षेत्र लाई हराभरा र सुन्दर बनाउने उद्धेश्यले स्थानीय बासीलाई निशुल्क बोटबिरूवा बितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण को लागि उत्पादन गरिएको सब डिभिजन बन कार्यालय चौहर्वाका फोरेस्टर कासिन्द्र यादवले बताएका छन। उत्पादन गरिएको बिरुवा डिभिजन बन कार्यालय लहान ले चेकजाँच पास गरेपछी नगरपालिका तथा गाउँ पालिकाका स्थानीय बासीलाई निशुल्क उपलब्ध गराईने र बाकी रहेका लाई बन जङ्गल क्षेत्र मा वृक्षारोपण गरिने फोरेस्टर यादवले बताएका छ्न।
वन कार्यालय ले हरेक वर्ष विभिन्न प्रजातिका बिरुवा उत्पादन गरेर विभिन्न क्षेत्रमा निःशुल्करूपमा वितरण तथा बन जङ्गल क्षेत्र मा वृक्षारोपण गर्दै आइरहेका छ्न।
गोलबजार सब डिभिजन बन कार्यालय द्वारा ३लाख बिरूवा उत्पादन
