उपेन्द्र गोले । रौतहट । असार ०५ गते
रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा निषेधाज्ञाको अवज्ञा भएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको मुख्या क्षेत्रहरु चोक , गौर रोड , बजार , देउराली चोक लगायतका भित्रि भागमा सञ्चालनमा आएका होटल ब्यावसायहरु सञ्चालनमा रहेको पाइएको छ । पछिल्लो पटक जिल्ला प्रशासन कार्यालय रौतहटले जारी गरेको निषेधाज्ञामा होटल तथा निजि सवारी साधनहरुमा रोक लगाइएको थियो । तर रौतहटको चन्द्रपुर नगरपालिका क्षेत्रमा सञ्चालनमा रहेको अधिकांस होटलहरु सञ्चालनमा रहेका छन । त्यसैगरि निजि सवारी साधनहरु मोटरसाइकल , जीप , चार पाङ्ग्रे सवारीहरु निर्वाद रुपमा बाक्लो देखिएका छन । त्यसैगरि यात्रुवाहक सवारीहरु चलाउन रोक लगाएको भएपछि अटो , इरिक्सा , लगायत यात्रु बोकेका सवारीहरु सञ्चालनमा रहेको छ । रौतहटमा असार ७ गतेसम्म निषेधाज्ञा जारी रहेकाले रोक लगाइएका होटल तथा निजि सवारी साधनहरु सञ्चालन गर्न नदिने प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो ।