रौशन चौधरी । रौतहट । असार ०५ गते
रौतहट जिल्लाको गढीमाई नगरपालिका–२ मा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना अन्तर्गत
कृषि सामाग्री गरिएको छ । जनप्रिय बहुउदेशीय सहकारी सँस्था लिमिटेड गढीमाई नगरपालिका २ को आयोजनमा उक्त सामाग्री वितरण गरिएको अध्यक्ष नागेन्द्र प्रसाद यादबले जनकारी गराएका छन । सो नगरपालिकाको वार्ड नं।३ र ५ का किसानहरुलाई पम्पी सेट ,बिधुतिय स्प्रे टँकी साथै प्राङरिक मल बितरण गरेको आयोजक सँस्थाले जनाएको हो । सो अवसर स्थानीय बुद्धिजीवी ,भद्रभलादमीहरू उपस्थिति रहेको थियो ।