राजिव शाह ।सर्लाही । असार ०५ गते
सर्लाहीमा बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत छात्राहरूलाई साइकल प्रदान गर्नु भएको छ । सर्लाहीको हरिवन स्थित कक्षा ८ मा अध्ययनरत ३६ जना छात्राहरूलाई साइकल प्रदान गरिएको छ । जनसेवा मा। वि। घुर्कौली वडा न। ६ हरिवन नगरपालिकामा कक्षा ८ मा अध्यनरत क्षात्राहरुलाई साईकल वितरण कार्यक्रमका प्रमुख अतिथि माननीय आन्तरिक मामिला सभापती प्रदेश २ का अशोक यादवले अध्यनरत छात्राहारुलाई साइकल प्रदान गर्नु भएको हो । बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत सर्लाहीमा ३ सय भन्दा माथि छात्राहरूलाई साइकल क्रमशः वितरण गरिने जसपाका युवा नेता तथा समाजसेवी बिनोद यादबले जानकारी दिनुभयो ।