उपेन्द्र गोले । रौतहट । असार ०६ गते
रौतहटको गढीमाई नगरपालिकाका ३ मृतक दलित नावालकहरुका आफन्तहरुले जनही १÷१ लाखका दरले आर्थिक सहयोग प्राप्त गरेका छन । केही दिन अगाडी विभिन्न समयमा बागमति नदीमा डुबेर मृत्यु भएका गढीमाई नगरपालिकाका वडा नम्बर ६ बखरीका ३ दलित नावालकहरुको मृत्यु भएको थियो । प्रदेश नम्बर २ का कृषि राज्यमन्त्रि योगेन्द्र यादवको पहलमा मृतक बालाकहरुका आफन्तहरुलाई आइतबार यादवले प्रदेश सरकारले उपलब्ध गराएको जनही १÷१ लाखको चेक हस्तान्तरण गर्नु भएको हो । आर्थिक अबस्था कमजोर रहेका दलित नाबालकहरु बागमति नदीमा नुहाउन जादा फरक फरक समयमा सोही नदीमा डुबेर ३ जनाको मृत्यु भएको थियो । परिवारका सदस्यहरुलाई राहत स्वरुप प्रदेश २ सरकारले उपलब्ध गराएको मन्त्रि यादवले बताउनु भयो ।