राजिव शाह–सर्लाही,असार ७ गते ।
कोभिड संकट ब्यवस्थापन समितिको (डिसिसीएमसी)बैठकले जारी निषेधाज्ञा असार १४ गतेसम्म पुनः थप गरेको छ । बिहान ७ बजे देखी दिउसो २ बजे सम्म खुकुलो गर्दै ब्यापार व्यवसाय संचालन गर्ने गरी निषेधाज्ञा थप गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनएको छ । कोरोना भाइरस सङ्क्रमण दर कम भए पनि निषेधाज्ञा थपले सर्लाहीमा यसको प्रभाव जनस्तर सम्म देखिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले जारी गर्दै आएको दैनिक बुलेटिन अनुसार आज (सोमबार ) सम्म सक्रिय संक्रमित संख्या ८ सय ८२ जना रहेको छ भने, ८० जनाको मृत्युु भएको छ । सर्लाहीमा गत बैशाख २५ गते दोस्रो भेरियन्ट कोरोना महामारी देखिए पछि मध्यरातिबाट निषेधाज्ञा जारी गरेको थियो ।