उपेन्द्र गोले रौतहट ७ असार ।
रौतहटको गौरबाट बाख्राको मासुलाई खसिको मासु भन विक्रिवितरण गरेका २ जनालाई पक्राउ गरेको छ । रौतहटको गौर नगरपालिकाको वडा नम्बर १ गौर बजारमा बाख्राको मासुलाई खसिको मासु भनी बेचविखन गरिरहेको अबस्थामा प्रहरीले पक्राउ गरेको जनाएको छ । पक्राउ पर्नेमा गौर नगरपालिका वडा नं.३ वस्ने वर्ष २४ को लाल महमम्द र गौर नगरपालिकाको. वडा नं.१ वस्ने वर्ष ३० को महमम्द नसिवलाई अन्दाजी ३०÷३५ किलो बाख्राको मासु सहित नियन्त्रणमा लिई थप कारवाहीको लागी जिल्ला प्रशासन कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय रौतहले जनाएको छ ।