उपेन्द्र पासवान कलैया बारा । असार ०८ गते
सिम्रौनगढ नगरपालिकाको पाचौ नगरसभा एक कार्यक्रमका बिच नगरप्रमुख बिजयशंकर यादवले बती बाली उदघाटन गर्नुभएका छन । उदघाटन पछि आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै मेयर यादवले नगरको बिकासका लागि आफु सधैव लागी परेको प्रतिवद्धता ब्यक्त गर्नुभयो । सिम्रौनगढ नगरपालिकालाई देश कै नमुना नगरपालिकाको रुपमा बिकास गर्नका आफु लागीपरेको मेयर यादवले बताउनु भयो। साथै मेयर यादवले एतिहासिक, पुरातात्वीक, एवम धार्मिक महत्व बोकेको यस नगरीको बिकासका लागि सिम्रौनगढ नगरपालिकाले वृहत बिकासको योजना ल्याएको भन्दै नगरका नागरिकहरुलाई हरेका प्रकारको सुबिधा उपलब्ध गराउनका पनि पहल रहेको उहाको भनाई रहेको थियो । सिम्रौनगढ नगरपालिकामा शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाई, बिधुत, पुल , कलर्भट, बाटो निर्माण, ढलान, वृक्षारोपन लगायतका प्रभावकारी रुपमा काम अगाडी बढाएको मेयर यादवले बताउनुभयो । सिम्रौनगढ नगरपालिकालाई हराभरा बनाउदै यहाँका एतिहासिक संरचनाहरुलाई सँरक्षण र प्रवद्र्धन गरी बाहय तथा भित्री पर्यटकहरुलाई ल्याउने कामहरुपनि अगाडी बढाएको छ भनि जानकारी समेत मेयर यादवले दिएका छन । यसैगरी नगरसभाबाट आर्थिक बर्ष २०७८÷०७९ को अनुमानित ३२ करोड ३ लाख ५८ हजारको बजेट मेयर यादवले प्रस्तुत गर्नुभएको थियो । बितिय समानिकरण अनुदान १४ करोड ७३ लाख, राजस्व बाडफाड ८ करोड ९४ करोड, ५८ हजार, आर्थि स्रोत २ करोड ६१ लाख, प्रदेश तर्फबाट ७५ लाख, अन्य प्रस्ताविक आय ५ करोड गरी ३२ करोड ३ लाख ५८ हजार बजेट बिनियोजन गरिएको थियो । कार्यक्रममा नगरपालिकाका उपमेयर रिमादेवी कुशवाहा, निमित कार्यकारी अधिकृत बिरेन्द्र प्रसाद साह, योजना अधिकृत जितेन्द्र यादव, लेखाअधिकृत सर्मेन्द्र कुमार चौधरी, कार्यपालिका सदस्य, कर्मचारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।