मलंगवामा एक कार्यक्रम गरी सातौं अन्तर्राष्ट्रिय योग दविस मनाइयो ।

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ८, मंगलबार (४ साल अघि)
  • ४ पटक पढिएको
मलंगवामा एक कार्यक्रम गरी सातौं अन्तर्राष्ट्रिय योग दविस मनाइयो ।


राजिव शाह सर्लाही,असार ०८ गते

सर्लाही सदरमुकाम मलंगवामा एक कार्यक्रम गरी सातौं अन्तर्राष्ट्रयि योग दविस मनाईएको छ । सोमवार मलंगवा स्थति जिल्ला समन्वय समितिको सभाकक्षमा सो योग दविस मनाईएको हो ।

नेपाल सरकारको निर्देशन बमोजमि जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र मलंगवाको संयोजनमा आयोजना गरिएको सो योग दविस कार्यक्रमा करबि दुई घण्टा सम्म योगाभ्यास गरिएको थियो । उदघाटन(सत्र पश्चात योगको दोस्रो(सत्र बिहान २ घण्टा सम्म संचालन गरिएको कार्यक्रमका सहभागी नागरिक समाज सर्लाहीका महासचिव शिव चन्द्र चौधरीले जानकारी दिनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समितिको प्रमुख मेथुर चौधरी, प्रमुख ज़िल्ल अधिकारी हेमराज तामाङ, प्रहरी उपरीक्षक संतोष सिंह राठौर, नगरप्रमुख निरसल साह,जिल्ला जनस्वास्थ्य तथा सर्लाही अस्पतालका प्रमुख नवलकिसोर झा, जिल्ला आयुर्वेद स्वास्थ्य केंद्रका प्रमुख नंदकिशोर कुशवाहा, नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकांत झा, महासचिव शिवचन्द्र चौधरी, डा।अब्दुलरहीम लगायत सेना र सशस्त्र प्रहरीका प्रतिनिधि, संचारकर्मीहरुको सहभागतिा रहेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस