राजेश पासवान, असार ७ गते रौतहट ।
रौतहटको वृन्दावन नगरपालिका वडा नं ८ मा शिशु तथा आमाको पोषण सुधारका लागि सुनौला हजार दिन कार्यक्रम अन्तर्गत गर्भवती महिलाहरुलाई पोषणयुक्त खाद्य सामाग्री वितरण गरिको छ ।
देशमा जारी लकडाउनको समयमा गर्भवती महिलाहरुलाई पोषिलो खाद्य सामाग्री जुटाउन नसकिरहेको अवस्थालाई मध्यनजर गरीे वडा भित्र रहेका सुनौला हजार दिनका आमाहरुलाई अण्डा,घिउ,साग सबजीको बिउ लगायतका पोषणयुक्त खाद्य सामाग्री वितरण गरिएको हो ।
वडा अध्यक्ष दिनानाथ महतोको अध्यक्षता तथा नगर उप प्रमुख नुरजहांखातुनको प्रमुख अथित्यतामा वडा नम्बर ८ मा पर्ने बहुअरी,बरगजवा र आँकडपाथर गाउँ लगायतको १०५ जना गर्भवती महिलाहरुलाई प्रति व्यक्ति एक किरेट अण्डा, ५०० ग्राम घिउ,घिरौला को बीउ १ पोका ,बोडीको बीउ पोका र साग को बीउ १ पोका वितरण गरेकोे वडा अध्यक्ष दिनानाथ महतोले बताउनुभयो ।
महिला लक्षित कार्यक्रम अन्तरगत गर्भवति तथा सुत्केरी महिला र बालवालिकाको पोषण स्थितीमा सुधार ल्याउन पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको नगरपालिकाका स्वास्थ्य शाखाबाट आएका बहुक्षेत्रिय सोशल पर्सन शिवजी साहले वताउनुभयो । उहाँका अनुुसार वडा कार्यलयले कोरोना संक्रमणको जोखिमका अवस्थामा उच्च सर्तकता अपनाई वडा सदस्य, स्वास्थ्य चौकी र वडा कार्यलय मार्फत् खाद्य सामाग्री वितरण गरिएको हो ।
नवजात शिशु र जन्म दिने आमालाई उचित पोषणयुक्त खानेकुराको अभावमा कुपोषित र शरीरमा रक्त अल्पता हुने सम्भावनालाई मध्यनजर गर्दै पोषणयुक्त खाद्य सामग्री प्रदान गरिएको वडा अध्यक्ष महतोले बताए ।