राजेश पासवान । रौतहट । असार ०८ गते
रौतहटमा आज बेटी पढाउ बेटी बचाउ” कार्यक्रम अन्तर्गत श्री बतहु माध्यमिक बिधालयका छात्राहरूलाई साइकल प्रदान गरिएकोछ ।
रौतहटको वृन्दावन नगरपालिका वडा नम्बर ६ स्थित रहेको श्री बतहु माध्यमिक बिधालय,हर्षाहा को कक्षा ८ मा अध्ययनरत सम्पूर्ण छात्राहरूलाई साइकल प्रदान गरिएको छ ।
बालिकाहरुको आर्थिक, सामाजिक एवं शिक्षाको स्तर अत्यन्तै कमजोर रहेको सन्दर्भमा प्रदेश सरकार गठन भए पश्चात प्रदेश सरकारले “मुख्यमन्त्री द्धारा बेटी पढाँऊ , बेटी बचाँऊ” अभियानको घोषणा भएको छ । छोरीलाई विद्यालय पठाई उनिहरुको बैयक्तिक बिकासका अतिरिक्त सशक्त्तिकरणको माध्यमबाट लोक कल्याणकारी राज्यको अवधारणा अनुरुप विभेदमुक्त सामाजिक न्याय स्थापना गर्ने सन्देश प्रवाह गरि छोरा र छोरी बीचको सामाजिक विभेद अन्त्य गर्ने यस कार्यक्रमको मुख्य उद्धेश्य रहेको छ।
उक्त साईकल वितरण कार्यक्रमको प्रमुख अतिथिमा पुर्व सांसद रामकुमार भट्टराई,विशिष्ट अथितिमा वृन्दावन नगरपालिकाका नगर प्रमुख पदका प्रत्यासी बिनोद पटेल रहेका थिए भने कार्यक्रमको अध्यक्षता सोही विधालयको प्रधानाध्यापक उपेन्द्र महतोले गर्नुभएकोथियो।
कार्यक्रममा बिधालयमा अध्यनरत बिधार्थीहरु,अभिभावकहरु लगायत भद्रभलादमीहरुको उपस्थिति रहेको थियो।