राजिव शाह सर्लाही, असार ९ गते
एसएनभी नेपालद्वारा अपाङ्गताका लागि ५ सय घरधुरीलाई सामाग्री वितरण गरेको छ ।
कोभिड–१९ प्रतिकार्य नविनतम् प्रयासका लागि डि।एफ।एटी अस्ट्रेलिया वाटर फर वमन ९ड्ब्लुएफड्ब्लु०को आर्थिक सहयोग तथा एस।एन।भि नेपालको प्रबिधिक सहयोग र ग्रामिण नारी उत्थान संघको सहजीकरणमा सर्लाहीको ४ ओटा पालिकाका ५ सय घरधुरीलाई लाईफवोय साबुन र नल सहितको २० लिटरको बाल्टिन,सनेटरी प्याड वितरण गरिएको एसेनभी नेपालको जिल्ला संयोजक अम्बिका यादबले जानकारी दिइन् ।
संस्थाले सर्लाहीको कौडेना, रामनगर, पर्सा र चन्द्रनगर गाउँपालिका गरी ५ सय दलित र अपाङ्ग परिवार घरधुरी उक्त राहत सामाग्री वितरण गरिएको हो ।
ग्रामिण नारी उत्थान संघको रोहवरमा अपाङ्गता संजालले उक्त सामग्री गत आइतबार पालिका प्रमुख,अपाङ्गता संजालका पदाधिकारीलाई उक्त सामाग्री हस्तान्तरण गरिएको थियो ।
राहत सामाग्रीले हात धुने बानीको बिकास गर्ने उदेश्यले गरिएको सामाग्री पाएपछि अपाङ्गता परिवार खुशी भएका छन् ।