उपेन्द्र गोले रौतहट असार ९ गते
रौतहटमा कोरोना संक्रमणको त्रास कम भएसँगै अस्पतालहरुमा बिरामीहरुको चाप बढ्न थालेको छ । विगत एक महिनादेखि कोरोना संक्रमणले निषेधाज्ञा जारी रहेको बेला अस्पताल जानै डराउने नागरिकहरु कोरोना संक्रमणको त्रास हटेपछि अस्पतालमा बिरामीहरुको चाप बढ्न थालेको हो । कोरोना महामारीमा बिरामीहरुको चाप न्युन रहेको तर केही दिनदेखि अस्पतालमा बिरामीहरुको चाप बढेको चन्द्रपुर अस्पताल प्रा।लि।का डाक्टर सुवास चौधरीले बताउनु भयो । बिरामीहरुको चाप बढेकाले अस्पतालले आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर बिरामीहरुको उपचारमा सेवा दिने गरेको चौधरीले बताउनु भयो । रौतहटको चन्द्रपुर नगरपालिकाका नागरिकहरु कोरोना संक्रमण अवधिमा ज्वरो आउदा चेकजाच गराउन अस्पतालको सट्टा घरमा नै सिटामोल प्रयोग गर्ने गरेका थिए । तर रौतहटमा अहिले कोरोना संक्रमणको त्रास सामान्य अबस्थामा आइसकेको छ । एक हप्तासम्म खानाको स्वाद हराएको , शरिर गलेको , दुखेको , ज्वरो आउनुका साथै खोकी लाग्ने गरेको भएतापनि घरमा औषधी सेवन गरि अहिले ठिक भएको तर आफु अस्पतालमा कोरोना त्रासका कारण चेकजाच गर्न नगएको चन्द्रपुर—३ का दिल बहादुर तामाङले बताउनु भयो । सामान्य टाउको दुख्दा समेत अस्पताल जाने गरेको भएतापनि कोरोना महामारीको समय भएकाले त्यति बेला अस्पताल नगएको उहाको भनाइ रहेको छ । रौतहटमा कोरोना संक्रमण दरमा कमी आएसँगै मानिसहरुको भिडभाड बढेकाले कोरोना संक्रमणको जोखिम जटिल बन्न सक्ने स्थानिय आंकलन गरेका छन ।