परवानीपुर सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १०, बिहिबार (४ साल अघि)
  • ५ पटक पढिएको
परवानीपुर सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु, चार घाइते

आर एन यादव बारा । अषाढ १० गते

पर्साको वीरगञ्ज महानगरपालिका अन्तर्गत परवानीपुर बन्दरगाह सडक खण्डमा टिपर र ट्रक ठोक्किँदा एकजनाको मृत्यु भएको छ । अरु चारजना घाइते भएका छन् ।

बुधबार साँझ ६ बजे सडक खण्ड अन्तर्गत वीरगञ्ज–२१ परवानीपुरबाट जाँदै गरेको युपी ५२ टी ७५५० नम्बरको भारतीय ट्रक र विपरित दिशाबाट आउँदै गरेको ना ७ ख २६६६ नम्बरको टिपर एकआपसमा ठोक्किएर दुर्घटना भएको हो ।

ट्रकले ठक्कर दिँदा पैदल यात्री वीरगञ्ज–२२ जगरनाथपुर निवासी ७० वर्षे बैधनाथ राउत कुर्मीको मृत्यु भएको पर्साका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक ओम प्रकाश खनालले जानकारी दिए ।

दुर्घटनामा भारतीय ट्रकका चालक भारत गोपालगञ्ज मुसहरी बस्ने आजाद अन्सरी र सहचालक नुरुल बस्सर तथा टिपर चालक मकवानपुरका बिपिन प्रसाद गडतौला र सहचालक अजय लामा घाइते भएका छन् । उनीहरुको नारायणी अस्पतालमा उपचार भइरहेको खनालले बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस