धर्मेन्द्र कुमार यादव महोत्तरी १० गते
मटिहानी नगरपालिकाले अगामी आर्थिक वर्ष २०७८र०७९ का लागि ४० करोड ७७ लाख ५७ हजारको नीति ल्याएका छन ।
मटिहानी नगरपालिकाका मेयर हरि प्रसाद मण्डलले नगर सभामा आगामी आर्थिक वर्ष २०७८र०७९ को नित कार्यक्रम तथा बजेटको प्रस्तुती करण गरेका छन। नीति मा शिक्षा , स्वास्थ्य , कृषि क्षेत्रलाई प्राथमिकतामा राखेर उक्त बजेट विनियोजन गरेको जानकारी गराएको छ ।
सम्पन्न नगर सभामा कुल बजेटको चालु खर्च तर्फ २० करोड ५० लाख र पूँजिगत खर्त तर्फ २० करोड २७ लाख खर्च प्रस्तावित गरिएको थियो । उक्त प्रस्तावित वजेटलाई मटिहानी नगरपालिकाको कार्यपालिका सदस्यहरुले नगर सभामार्फत सर्वसम्मतरुपमा पारित गरेको मटिहानी नगर पालिकाका मेयर हरि प्रसाद मण्डलले बताएको छ ।
मटिहानी नगरपालिकाकोउ ९ वटै वडाको वडा अध्यक्ष , कार्यपालिका सदस्यहरुको सहभागितामा सम्पन भएको थियो।
नगर सभामा मटिहानी नगरपालिका प्रमुख मंडलले मटिहानी नगरपालिकालाइ नमुना एवंम विकासशिल नगरपालिका बनाउने प्रतिबद्धता व्यक्त गर्दै जनताको आकाक्षा अनुसार यस बर्षको बजेट ल्याएको बताएका थिए ।
आगामी वर्षको बजेटमा कृषि तर्फ नगरपालिकामा बसोबास गर्ने सबै नागरिकको खाध सुरक्षाको प्रत्याभुति गर्न कोहि भाकै पर्देैन,कोहि भोकै मर्दैन भन्ने प्रतिबद्धता पुरा गर्न सबै तहका सरकार बिच सहकार्य गर्ने , नगरपालिका क्षेत्र भित्रका सबै घरपरिवारलाइ आँप लिचिको विरूवा निशुल्क उपलब्ध गराइने योजना समावेस गरिएको जनाइएको छ ।
त्यस्तै पर्यटन तर्फ नगरपालिका भित्रका मठ,मंदिर तथा मस्जिदलाइ पर्यटकिय स्थलको रूपमा विकाश गर्ने र एक वडा एक सुन्दर पोखरी र एक पार्क निर्माण गर्ने , शिक्षा तर्फ सामुदायिक विधालयका कक्षा ११ मा अध्ययनरत छात्राहरूलाइ निशुल्क साइकल वितरण गरिने , स्थानिय स्तरमा मैथिलिभाषाको विकाश, संरक्षण तथा संबद्धनका लागी सामुदायिक विधालयका कक्षा १ देखी ५ सम्मको पाठ्यक्रममा मैथिलि भाषा समाबेश गरि अध्यनन अध्यापन गराइने योजना समावेश गरिएको हो ।
स्वास्थ्य तर्फ भने कोभिड १९ संकेमणका कारण बाबु वा आमा गुमाएका बालबालिकालाई नगदराहतको व्यवस्था गरिने र प्रतेक वडातहमा स्वस्थ जाँच९ घुम्ती शिबिर ०अभियान कार्यक्रम संचालन गरिने जनाइएको छ । यसै गरि नगरपालिका भित्रका सबै जेष्ठ नागरिकहरुलाई रेडियो,टर्च र छाता निशुल्क उपलब्ध गराइने र मटिहानी न।पा ७ मा निर्माणाधिन खेल मैदानलाइ सुविधा सम्पन्न रंगशालाको रूपमा निर्माण गरिने योजना रहेको मटिहानी नगरपालिको सार्वजनिक गरेको निति तथा कार्यक्रममा समावेश गरिएको उल्लेख गरिएको छ ।
नगर सभामा निर्वाचित भए देखि नै अहोरात्र जनताको सेवामा खटिएका वडा अध्यक्ष लगायत कार्यपालिका सदस्यहरुलाई दोसल्ला ओढाइ सम्मान गरिएको थियो ।