राजिव शाह सर्लाही असार १०
सर्लाहीको मलंगवा नगरपालिकाको सातौ नगर सभा आज ९बुधबार ० सम्पन्न भएको छ । आर्थिक बर्ष २०७८र०७९ निति तथा कार्यक्रम मलङ्वा स्थित जिल्ला समन्वय समितीको सभा हलमा सम्पन्न हो । आर्थिक बर्ष ०७८र०८९ को ५२ करोड १४ लाख २१ हजार २ सय ५८ रुपैया ४१ पैसाको आय व्ययाय अनुमानीत बजेट मेयर निरसल साहले प्रस्तुत गर्नु भएको हो । मलंगवा नगरपालिकाले मलंगवा नगरपालिका भित्र शहरी बिकाश मन्त्रालयको निर्माणधिन कामलाई यथासिघ्र अगाडि बढाउने, सफा स्वकक्ष बाताबरण सहित फोहोर प्रसोधन केन्द्र निर्माण गर्ने, सडक वातिहरुलाई आधुनिकीकरण गर्ने, भवन मापदनड्लाई थप ब्यबस्थित बनाउने लगायतका नीतिहरु अबलम्बन गर्ने भएको छ । नगर प्रमुख निरसल साहको अध्यक्षता तथा प्रतिनिधिसभा सदस्य प्रमोद साहको प्रमुख अतिथ्यतामा भएको नगर सभामा विशेष अतिथि प्रदेश सभा सदस्य निरा साह, उपप्रमुख उशान्ति सबनम मिकरानी, प्रमुख प्रसासकिय अधिकृत होमनाथ सुबेदी,जिल्ला समन्वय प्रमुख मेथुर चौधरी,उद्योग बाणिज्य संघ अध्यक्ष बिरेन्द्र साह नागरिक समाज सर्लाहीका अध्यक्ष उग्रकान्त झा आतिथ्यमा भएको कार्यक्रमको संचालन मलङवा नगरपालिका कार्यालयका सूचना अधिकारी राज कुमार अधिकारीले गर्नुभएको थियो । कार्यक्रममा मलंगवा नगरपालिकाका वडा अध्यक्षहरु,कार्यपालिका सदस्य ,जनप्रतिनिधी ,राजनितिक दलका प्रतिनिधी , बिभिन्न संघ संस्थाका पदाधिकारी, पत्रकार लगायतको सहभागिता रहेको थियो ।