कृष्ण तिवारी । रौतहट । असार १० गते
रौतहट जिल्लाको दक्षिणी भेग इशनाथ नगरपालिकाको आज पाँचौं नगरसभा सम्पन्न भएको छ ।
सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय औरैयाको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ ।
सरकारले तोके अनुसार सबै पालिकाले असाढ १० गते सम्म नगर परिषद गर्नुपर्ने नियम रहेको छ । सो नियम अनुसार नै नगर परिषद सम्पन्न भएको छ । नगर संतोष मेहताकोे अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ४६ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि इशनाथ नगरपालिकाले आफना सातौं नगरसभाबाट अगामी आर्थिक बर्ष २०७८ र ०७९ को लागि ४६ करोड ६५ लाख ९४ हजार रकम विनियोजन गरेको हो ।
नगर सभाले आर्थिक बर्ष ०७८ र ०७९ को लागि कुल बजेटको चालु तर्फ ८ करोड १० लाख ९४ हजार र पुंजिगत तर्फ १२ करोड ९६ लाख बिनियोजन गरिएको नगरप्रमुख मेहताले जानकार दिए ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर मेहताले जानकारी दिनुभयो ।
सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।