आरके श्रीवास्तव । रौतहट । असार १० गते
रौतहट जिल्लाको राजपुर नगरपालिकाको आज पाँचौं नगरसभा सम्पन्न भएको छ । सामाजिक दुरी कायम राख्दै नगरपालिकाको कार्यालय राजपुरको सभाहलमा आयोजित कार्यक्रमका बीच नगरपालिकाको पाँचौं नगरसभा सम्पन्न भएको छ ।
सरकारले तोके अनुसार सबै पालिकाले असाढ १० गते सम्म नगर परिषद गर्नुपर्ने नियम रहेको छ । सो नियम अनुसार नै नगर परिषद सम्पन्न भएको छ । नगर प्रमुख शेष सकिल अख्तरकोे अध्यक्षतामा सम्पन्न भएको नगरसभाले चालु आर्थिक वर्ष २०७८÷०७९ मा नगरको समग्र विकासका लागि ५२ करोड भन्दा बढी आयव्यय सहितको बजेट प्रस्तुत गरेको छ ।
चालु आर्थिक वर्षमा नगरको चौतर्फि विकासका लागि राजपुर नगरपालिकाले आफना सातौं नगरसभाबाट अगामी आर्थिक बर्ष २०७८ र ०७९ को लागि ५२ करोड २८ लाख ४२ हजार ५ सय रकम विनियोजन गरेको नगरपालिकाका अधिकृत बैजु ठाकुरले जानकारी गराउनु भयो ।
यस वर्ष शिक्षा, स्वास्थ्य, कृषि, यातायात, खानेपानी, विधुत, भौतिक पुर्वाधार निर्माण कार्य लगाएतलाई विशेष प्राथमिकतामा राखेर सो बजेट प्रस्तुत गरिएको मेयर अख्तरले जानकारी दिनुभयो ।
सो अवसरमा स्थानिय भद्रभलादमी,बुद्धिजिवी,वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरुको उपस्थिती रहेको थियो ।