विजयनगर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ ११, शुक्रबार (४ साल अघि)
  • ४ पटक पढिएको
विजयनगर गाउँपालिकाको नीति तथा कार्यक्रम पारित


कपिलवस्तुको विजयनगर गाउँपालिकाले आर्थिक वर्ष २०७८÷०७९ को नीति तथा कार्यक्रम पारित गरेको छ । गाउँपालिकाले आगामी आर्थिक वर्षका लागि ५५ करोड ७१ लाख ५४ हजार ९ सय ६३ रुपैयाँको बजेट प्रस्ताव गरेको छ । विजयनगरले विहिवार नवौँ गाउँसभाबाट नीति तथा कार्यक्रम सर्वसम्मत रुपमा पारित गरेको हो ।

गाउँपालिका अध्यक्ष गोपाल बहादुर थापाले कोभिड १९ संक्रमणबाट जनताको जीवन रक्षा, कृषि, स्वास्थ्य, शिक्षा, रोजगारी, धार्मिक, साँस्कृतिको विकास संरक्षण तथा प्रवद्र्धनलाई प्राथमिकतामा राखेको बताउनुभएको छ । उहाँले केही गत वर्षकै कार्यक्रमलाई निरन्तरता दिइको बताउनुभयो ।

यस्तै आर्थिक विकास, सामाजिक विकास, स्वच्छ खानेपानी, पूर्वाधार विकास, खेलकूद, वन वातावरण तथा विपद् व्यवस्थापन, स्वास्थ्य विकास, सेवा प्रवाह र शुसासनलाई निरन्तरता दिँदै अगाडी बढ्दै जानुपर्नेम जोड दिएको अध्यक्ष थापाले बताउनुभयो । गाउँपालिका उपाध्यक्ष लक्ष्मी कुमारी चौधरीले पुर्वाधार विकासका क्षेत्रमा उल्लेख्य प्रगति हासिल गर्न सकेको बताउनुभएको छ । गाउँपालिकाको बाटो राजमार्गसम्म कालोपत्रे जोड सफल भएको बताउनुभयो । गाउँपालिकालाई धुलो र हिलो मुक्त पालिका घोषणा गर्ने गरी आगामी आर्थिक वर्षमा बाँकी कामहरु गर्न प्रस्ताव गरिएको उपाध्यक्ष चौधरीले बताउनुभयो ।
छोरी बचाउँ, छोरी पढाउ अभियान अन्तर्गत छोरी शिक्षाका लागि गाउँपालिकाले जिम्मेवारीसमेत लिएको छ ।

एक वडा एक बिउँ बैँ स्थापना गर्ने, स्थानीय माटो, बालीनाली अनुसार उत्पादन गर्ने, सिँचाई व्यवस्था, कृषि विकासलाई आधुनिक प्रणालीमा रुपान्रण गरी आत्मनिर्भर बनाउने, युवा रोजगारी, पशु व्यवसाय, पर्यटन प्रवद्र्धन, निशुल्क स्वास्थ्य गुणस्तरीय र प्रभावकारी सेवा प्रदान गर्ने, आवश्यकता अनुसार बर्थिङ सेन्टरको संख्या बढाउने, बालमैत्री वडा घोषणा, गाउँपालिकामा सेवाका लागि सहायता कक्ष सञ्चालन, नक्सा पासको व्यवस्था, छानो मुक्त पालिका घोषणा गर्ने लगायत नीति तथा कार्यक्रममा राखिएको गाउँपालिकाले जनाएको छ ।यस्तै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द भट्टराईले विजयनगर गाउँपालिकाको संगठन, संरचना तथा व्यवस्थापन सर्वेक्षणको मस्यौदा अन्तर्गत वार्षिक नीति तथा कार्यक्रम, न्यायिक समिति प्रतिबेदन सर्वसम्मतबाट पारित भएको र अन्य विषय बैठकमा छलफल गरिने बताउनुभयो ।

ताजा अपडेट

खोजी गर्नुहोस