वर्तमानकाल समाचारदाता ।असार १० गते
रौतहटको मौलापुर नगरपालिकाको नगर अधिवेशनको विषयलाई सत्ता पक्ष र प्रतिपक्ष विच दोहोरो झड्प भएको छ ।
मौलापुर नगरपालिकामा नगरअधिवेशनलाई विथोल्न खोज्दा प्रतिपक्ष र सत्ता पक्ष विच झड्प भएको हो । दुवै पक्ष विच भएको झड्पलाई नियन्त्रणमा लिन प्रहरीले २३ राउण्ड टियस ग्यास र १४ राउण्ड गोली हवाई फायर गरेर नियन्त्रणमा लिएको जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।
नेकपा माओवादी केन्द्र, जसपा उपेन्द्र यादव समुह, नेकपा एमाले माधवनेपाल समुह, नेपाली काँग्रेस सहित चार पार्टीद्धारा मौलापुर नगरपालिकामा व्यापक आर्थिक अनियमितता गरी नगरपालिकाको जनतालाई विकासबाट विमुख पारेको भन्दै उक्त दलद्धारा नगरपालिकाको कार्यालय सहित जिल्ला प्रशासन कार्यालय रौतहटमा ज्ञापन पत्र बुझाएका थिए । एकातिर झड्प भइरहदा अर्को तर्फ नगरअधिवेशन शान्तिपूर्ण भईरहदा जनताहरु रमिते बनेर राजनितिक दलहरु विचको कटुतता हेरेर चित्त बुझाएको थियो । नगरअधिवेशनमा मौलापुरको मेयर रिनाकुमारी साहले पुंजिगत र चालु तर्फ गरी ३६ करोडको आय व्यय प्रस्तुत गर्दा कतिपय जनता र प्रहरी झड्पमा परी घाईते भएको बताइएको छ ।
दोहोरो झड्पमा परेर नेपाल प्रहरीको ५, सशस्त्र प्रहरीको ४ र दुर्व तर्फ गरी १० जना गरी १९ जना घाइते भएको जानकारी दिदै प्रमुृख जिल्ला अधिकारी इन्द्रदेव यादवले सामान्य घाईते भएकाहरु स्थानीय स्वास्थ्य केन्द्रमा उपचार गराईरहेको छ भने सुरक्षाकर्मीहरुको जिल्ला अस्पताल गौरमा उपचार गरिएको बताए । विपक्षी चार राजनितिक दल र प्रभु साह समर्थकहरुलाई निकै संयमित हुन आग्रह गर्दा गर्दै प्रहरी नै घाईते हुन थालेको तथा भिड उग्र हुन थाल्दा बाध्य भएर बल प्रयोग गर्नु परेको उनले भने ।
प्रहरीले आत्मरक्षाको लागि २३ राउण्ड टियरग्यास, १४ राउण्ड गोली हवाई फायर गरेर तनावपूर्ण अवस्थालाई नियन्त्रणमा लिदै अराजकहरुलाई प्रहरीले खोजतलास गर्दै आवश्यक अनुसन्धान गरिरहेको प्रजिअ यादवले बताए ।