महोत्तरीको गौशालामा दलित भन्दै एकल महिलाको घर भत्काइयो

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १२, शनिबार (४ साल अघि)
  • ५ पटक पढिएको
महोत्तरीको गौशालामा दलित भन्दै एकल महिलाको घर भत्काइयो

धर्मेन्द्र कुमार यादव /महोत्तरी,आसर ११ गते
महोत्तरी जिल्लाको गौशाला नगरपालिकामा दलित भन्दै एकल महिलाको घर भत्काएका छन।
गौशाला न प वडा न।८ बेलगाछी स्थित बिगत चार वर्ष देखि बसोबास गर्दै आएको स्थानीय चन्द्रावती रामको घर भत्काइएको छ। घर भएको जमिनको २० हजार रकम दिएको अरु रुपिया बाकी रहेको थियो, बाकी रुपया दिन नसकेको कारन स्थानिय लालबाबु झाले घर भत्काएको छ। घरको वल्लो र पल्लो पट्टि यादव र झा जातिको बसोबास रहेकोले दलित यहाँ बस्न नमिल्ने भन्दै छिमेकी झाले उनको घर कागज , प्रमाण र कारवाही पत्रको बिना घर भत्काएको स्थानियको को आरोप रहेका छन / श्रीमान इन्दल कुमार राम २ वर्ष अघि निधन भएको छ। घर भत्काउने क्रममा उनका २ छोरी रोक्न जादा छोरीहरुलाइ समेत कुटपिट समेत गरेको उनले बताएकी छिन । सो जग्गा उनले ४ वर्ष अगाडी जमिन व्यापारी बद्रि ठाकुरबाट ४ धुर जग्गा खरिद गरि बसोबास गर्दै आइरहेको र पछी उनको जमिनको दक्षिण तिरको जमिन चन्द्रावतीको नाममा रहेको ४ धुर सहित लालबाबु झाको नाममा गरिदिएपछी झाले ू यो जमिनको लालपुर्जा मेरो नाममा रहेको ू भन्दै घर भत्काएका छन् ।
एक दलित माथि अन्याय भएको भन्दै वरिपरिका छिमेकीको सहयोगमा चन्द्रावतीले इलाका प्रहरी कार्यालयमा दिएको निवेदनको आधारमा झालाइ अहिले प्रहरीले पक्राउ गरी नियन्त्रणमा लिएको स्थानीयहरुले बताएका छन्

ताजा अपडेट

खोजी गर्नुहोस