मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

  • Wartman Kal Dainik
  • / समाचार /
  • २०७८ अषाढ १५, मंगलबार (४ साल अघि)
  • ५ पटक पढिएको
मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर महिलाको मृत्यु

नबिन यादव सप्तरी ,१४ असार ।

सप्तरीमा मोबाईल चार्ज गर्ने क्रममा करेन्ट लागेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा सप्तरीको अग्निसाईर कृष्णसावरण गाउँपालिका ६ महुली बजार बस्ने मो.जलिलका ३५ वर्षीया श्रीमती जहादा खातुनलेको मृत्यु हो । सोमबार बिहान साढे १० बजेतिर मोबाईल चार्ज गर्ने क्रममा तार सर्ट भई करेन्ट लागेर जहादा गम्भीर घाइते भएकी थिइन् । उनको बिराटनगर स्थित नर्सिङहोम अस्पतालमा उपचारको क्रममा दिउँसो १:२५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सप्तरीले जनाएको छ । उनको शवलाई मुचुल्का तथा पोष्ट मार्टम गरी अाफन्तलाई जिम्मा लगाएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी माधव प्रसाद काफ्लेले जानकारी दिनुभयाे ।

ताजा अपडेट

खोजी गर्नुहोस