राजिव शाह सर्लाही ,असार १४ गते
जिल्ला अदालत सर्लाहीले आरोपित सिवालाई सोमबार पुर्वपक्षको लागि कारागारमा राख्न आदेश दिएको छ ।
वकिल उमेश साहले गरेको थुनछेक बहसबाट आरोपित सिवालाई कारागारमा राख्न सर्लाही अदालतले आदेश दिएको हो ।
आरोपित सिवालाई शरीर बन्धक तथा अपहरण र जबर्जस्ती कारणी मुद्दामा आज पुर्वपक्षको लागि ९जेलमा० कारागारमा राख्न सर्लाही जिल्ला अदालत का जिल्ला न्यायधिश रमेश कान्त अधिकारीको ईजलाशबाट आदेश भएको छ । सर्लाहीको विष्णु गाउँपालिका वडा न।७ दुलबाकी १७ वर्षकी मुसहर समुदायकी किशोरीलाई सोही गाउँका सिवा भनिने शिव बहादुर यादवले ललाइ फकाइ बिहे गर्ने प्रलोभन देखाइ गाउँबाट भगाएका थिए । २० दिन घुमाइ ,सँगै लिएर हिँडे अन्ततः २० दिन पछि तिमि दलित हौँ तिमीलाई स्वीकार गर्न सक्दिन तिमि आफ्नो बाटो गर भनी छोडेर भागेको थियो ।
यादव परिवारहरूले दलित केटीलाई बुहारी स्वीकार गर्न नसकिने र सँगै नराख्ने भनी पशु बाँध्ने गोठमा छुट्टै राखेका थिए । स्थानीय दलित युवाहरूको पहल र सामाजिक सञ्जालमा चर्को आलोचना र व्यापक मिडियामा आइसके पछि सम्बन्धित निकायहरूको अझै ध्यानाकर्षण भएको थियो ।
अन्ततः ज्येष्ठ १६ मा गोठमा बन्दी बनाएको १५ दिनपछि महिला शान्ति सेवा केन्द्र प्रमुख वनिता कार्की , जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली , मानव अधिकार , मानव अधिकार सञ्जाल ,महेश पासवान राजेश पासवान ,राजन बैठा ,पचूँ माझी, मुनील पासवान, बचा बाबु बैठा लगायत युवा अधिकारकर्मीहरूको टोली बन्दी बनाइएकी दलित युवतिलाई गोठबाट नै १५ दिनमा उद्धार गरिएको थियो । विष्णु गाउँपालिका–७ दुलवाका १९ वर्षीय युवक शिवा भनिने शिवकुमार यादव विरुद्ध १७ वर्षीय ती किशोरीले अपहरण तथा शरीर बन्धक र जबरजस्ती करणी सम्बन्धी किटानी जाहेरी पश्चात उनलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालयको नियन्त्रणमा राखिऎको थियो।
महिला अधिकारकर्मी विनिता कार्की, दलित अगुवा राजेश पासवान, राजन बैठा र महेश पासवानको निरन्तरको पहल र प्रयासले एउटा मुसहर समुदायकी किशोरीलाई न्याय पाएका छन्। यस्तो घटनाले हाम्रो पनि यो देश रहेको कुरा थोरै महसुस भएको छ तर अझै कयौं दलित माथी भएको हत्या, बलात्कारको जस्ता कयौ घट्ना अझै कायम रहेको नेपाल राष्ट्रिय दलित समाज कल्याण संघ सर्लाहीका अध्यक्ष राजेश पासवानले जानकारी दिए ।