नरेन्द्र महतो गौशाला । असार १६ गते
राति परेको अविरल वर्षाको कारण महोत्तरी जिल्लाको सोनमा गाउँपालिका वडा न।७ को सुन्दरपुरको केहि बस्ति डुवानमा परेका छन।सडक ढलान भए ता पनि पानि निकासको लागि नालाको व्यवस्था नगरेको कारण बस्ति डुवानमा परेको स्थानिहरुले बताएका छन ।साडे चार वर्ष बिति आँटेको भए पनि पानि निकासको व्यवस्था नगरेर ढलान गराएकोमा पालिका र वडा अध्यक्ष प्रति उनिहरुलेआक्रोस व्यक्त गरेका छन ।
यतिका वर्षमा करोडौ करोडको वजेट आए पनि नाला नवनाएर ढलान गराएको सडक केहि दिनमा फुटने छन र जनता सँग उठाएको करको पैसा रदीको टोकरीमा जाने छन । हामिहरु वडा अध्यक्ष महेश यादवलाई पहिला नाला बनाएर सडक ढलान गराउनु भने पनि कुनै वास्ता नगरेमा उनिहरुले गुनासो गरे। यो पैसा सरकारको होईन बरु हामिहरु एक एक करको पैसा तिरेर जम्मा गरेको पैसा हो ।घरमा पानि पसेको कारण राति भरी जागेर बस्नु परेको राम लोचन यादवले बताए ।
उता पानि निकासको लागि दुई वटा कलभट बनाउन लागेको तर केहि स्थानियहरु द्वारा अवरोध गरे पछि कलभट बन्न नसकेको कारण पानि निकासमा समस्या उत्पन्न भएको वडा न। ७ का वडा अध्यक्ष महेश यादवले बताए । वर्षाको पानिलाई मध्य नजर गर्दै कच्चि नालाको व्यवस्था गरेर पानि निकास गराउन सोचमा रहेको यादवले बताएका छन ।