उमेश कुमार साह बोदे बर्साईन । असार १६ गते
सप्तरीको बोदे बर्साईन नगरपालिकाले आर्थिक वर्ष २०७८र०७९ को लागि ७४ करोड ५३ लाख ९१ हजार ९ सय १३ रूपैयाँ बजेट , नीति तथा कार्यक्रम अघि सरेको छ । बिहीबार सम्पन्न सातौँ नगर सभाबाट स्वास्थ्य शिक्षा , कृषि, पशुपालन , सडक पूर्वाधार निर्माण क्षेत्रलाई प्राथमिकता दिदैँ बजेट, नीति तथा कार्यकम पारित गरिएको हो ।
बोदे बर्साईन नगरपालिकाको अगामि बजेटका महत्त्वपूर्ण योजनाको रूपमा जनताको गुना सम्बोधनका लागि जनता संग मेयर कार्यक्रम अघि सारेकाछन् ।
नगर प्रमुख आतेश कुमार सिंहको अध्यक्षतामा आयोजित सभामा नि। प्रमुख प्रशासकीय अधिकृतले आर्थिक बर्ष २०७८÷०७९ को लागि प्रताबित बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरेकाछन् । नगरसभामा चालू खर्च १० करोड, ७३ लाख ८४ हजार तथा पूँजिगत खर्च ३७ करोड, १२ लाख ५ हजार बजेट पारित भएको हो ।
कृषि पशुपालन तर्फ कृषि कहरूलाई प्रोत्साहन दिन नमूना ब्यवसायिक बाख्रापालन गर्ने किसान लाई ५० प्रतिशत अनुदान दिने , महिला स्वास्थ्य स्वयं सेविकाको मासिक भत्ता १५ सय बाट ५ सय थप गरि २ हजार पुर्याएकोछ । भने कोभिड संकट खतरालाई मध्यनजर गर्दै पूर्वाधार औजार तथा सवारी साधन खरिद समेतका लागि १ करोड विनयोजन गरेकोछ । १५ सैयाँको शत्रुधन अस्पताल संचालनका लागि २० लाख विनयोजन गरेकाछन् । कोल्ड स्टोर निर्माण , एकीकृत नमूना वस्ती निर्माण , प्राविधिक क्याम्पस स्थापना , खडक नदि नियन्त्रण ,सोवर्णा नदिमा झोलुङे पुल निर्माण जस्ता महत्त्वाकांक्षी योजना समेटर नगर सभा सम्पन्न भएकाछन् ।
नगर सभालाई सम्बोधन गर्दै नगर प्रमुख आतेश कुमार सिंहले नगर बासिन्दाको सर सल्लाह समेटेर योजना बनाएकोले नगरको सबै क्षेत्रमा समुचित विकास हुने प्रष्ट पार्नुभयो ।