राजिव शाह सर्लाही, असार १६ गते
सर्लाहीको इश्नरपुर ( लालबन्दी नगरपालिका जोड्ने फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको पक्की पुल भास्सिएको छ । लालबन्दी नगरपालिका वडा न( ३ र इश्वरपुर नगरपालिका वडा न( ८ को सिमानामा रहेको फुलजोर खोलामा निर्माणाधिन अवस्थामा रहेको उक्त पक्की पुल मंगलबार रातिको बाढीका कारण भासिएको छ। संघिय सरकारको रु १२ करोडको लगानीमा आर्थिक वर्ष २०७५र०७६ बाट निर्माण शुरु भएको उक्त पक्की पुलमा भर्खरै ढलानको काम सकिएको थियो । ढलानको काम सकिएको र फर्मा निकाल्न बाँकी रहेको समयमा मंगलबार राती आएको बाढीका कारण करिब ४० मिटर पुल भासिएको छ । पुलको लम्बाई करिब २ सय मिटर रहेको ठेकेदार मनोज कुमार साहले बताउनु भयो । उक्त पुलको आर्थिक वर्ष २०७५र०७६ बाट निर्माण शुरु गरि चालु आ।व मा निर्माण सम्पन्न गर्ने गरि पप्पु एण्ड शिवशंकर९जेभि०ले ठेक्का लिएको हो । पुल निर्माणको करिब ८०प्रतिशत काम सकिएको र बाँकी काम यहि महिना भित्रमा सकाउने तयारीमा रहेको पुल ४० मिटर भासिंदा करिब २ करोड रुपैया घाटा लागेको ढेकेदार कम्पनीले बताएको छ । उक्त पुल निर्माणको शुरुको वर्षमा पनि एक पटक बाढीले भत्काएको स्थानीयले बताएको छ। ठेकेदारले गुणस्तरहिन काम गरेका कारण निर्माणाधिन अवस्थामा रहेको पक्की पुल पटक पटक भत्कीएको स्थानीयहरुको आरोप छ । यस अधि २०७६ सालमा पनि पुल सामान्य बाढीका कारण भत्कीएको थियो र अहिले पनि सामान्य बाढीकै कारण भत्किंदा ठेकेदारले गुणस्तरहिन काम गरेको देखिन्छ स्थानिय रामकैलाश चौधरीले बताए । उक्त पुल निर्माण भइसकेपछि लालबन्दी नगरपालिकाको वडा न ३ र ५ का साथै इश्वरपुर नगरपालिका सहित चन्द्रनगर,ब्रहमपुरी गाउँपालिकाका साथै सदरमुकाम सम्मका स्थानियबासीलाई पुर्व पश्चिम राजमार्ग अन्तर्गत पर्ने लालबन्दी पुर्व पश्चिम् राजमार्ग केन्द्र बिन्दु सम्म आवतजावत गर्न सजह हुने छ ।