वर्तमानकाल समाचारदाता । सर्लाही । असार १६ गते
सर्लाही जिल्लाको रामनगर गाउँपालिका निवासी एक जना यूवक नगर विकास कोषको सञ्चालक समितिमा चयन भएका छन् । सन्दिप कुमार मिश्रलाइ कोषको बोर्ड मेम्बरमा चयन गरिएको हो । सो गाउँपालिकाको उनी खैर्वा ६ हाल वडा नम्बर १ खैर्वा निवासी हुन् । नेपाल सरकारको शहरी विकास मन्त्रालय अन्तर्गत पर्ने नगर विकास कोषको सञ्चालक समितिको सदस्यको उनलाइ नियुक्त गरिएको हो । समाजशास्त्र बाट मिश्रले स्नातकोक्तर समेत गरेका हुन् । सर्लाही जिल्ला बाट सामाजिक कार्यमा सक्रिय रहँदै आएका मिश्रले यस्तो अवसर पाएका हुन् । उनलाइ नगर विकास कोषको सञ्चालक समितिमा दुइ वर्षको चुनिएको हो । यस अघि नै वहाँले आफनो पदभार ग्रहण गरि सक्नु भएको छ । पदभार ग्रहण पछि बोल्दै मिश्रले देशको हरेक नगरहरुको विकासको लागि आफनो तर्फ बाट सहयोग प्रदान गर्ने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । आफनो जिम्मेवारी आफूले राम्रो तवरले निर्वाह गर्ने बताए । नगर विकास कोषको लक्षय अनुसार नै आफू अगाडी बढने उनले बताए ।
स्मरणीयहोस् शहरी विकास मन्त्रालय अन्तर्गत रहेको नगर विकास कोषले ठूला तथा साना सहरको विकास लगायतको क्षेत्रमा काम गर्ने गरेको हो । सो सञ्चालक समितिको अध्यक्ष शहरी विकास मन्त्रालयका सचिव रहने व्यस्था रहेको छ । एउटा ग्रामीण क्षेत्रको यूवाले यस्तो अवसर पाउनु भनेको ठूलो उपलब्धि रहेको छ । मिश्र सञ्चालक समितिमा चयन भएपछि सर्लाही वासीले वहाँ सँग धेरै अपेक्षा राखेका छन् । सर्लाही शहरहरुको विकास अब तिव्र रुपमा हुने जनविश्वास रहेको छ ।