राजेन्द्र महतो लहान । असार १६ गते
पुर्व पश्चिम राजमार्ग अन्तरगत सिराहा र धनुषाको बिचमा पर्ने कमला नदीमा पानीको सतह बढदै गएको जनाइएको छ
गएराति परेको मुसल्धारे वर्षासँगै कमला नदीमा पानीको सतह बढदै गएको हो ।
नदीमा पानीको सतह बढेपछि बुधबार भंगालोमा फसेका ४ जनालाई सकुशल उदार गरिएको छ । पानीमा उच्छ वहाब बढेपछि नदीमा मान्छे रहेको खवर स्थानिय मार्फत प्रशासनले थाहा पाएपछि नेपाली सेना , शसस्त्र प्रहरी र नेपाल प्रहरी को सहयोगमा सिरहाको करर्जन्हा (३ सुन्दरपुर का ३ महिला र धनुषा जिल्लाका एक बाबालाई सकुशल उद्धार गरिएको सिरहाका प्रमुख जिल्ला अधिकारी प्रदीप राज कनेलले जानकारी दिए।
प्रमुख जिल्ला अधिकारी कणेलले कमला नदीको पानीको सतह उच्च बिन्दुमा पुगेकाले तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह गरेका छ्न ।
प्रमुख जिल्ला अधिकारी कणेलले मंगलबार बिहानैदेखि नेपाली सेना, जनपद र सशस्त्र प्रहरीको टोली तटबन्ध क्षेत्रमा खटाइएको बताएका छ्न । कमलाको बाढीमा पानीको सतह बढेसँगै पछिल्लो वर्ष आएको बाढीले क्षति पुर्याएको कर्जन्हा, कल्याणपुर र सिरहा नगरपालिकाका सात ठाउँका तटीय गाउँहरु जोखिममा पर्ने अनुमान गरिएको छ।