राजेन्द्र महतो लहान । असार १७ गते
सिराहाको नरहा गाउँपालिकाले पाँचौ गाउँ सभा बाट ३०करोड ३लाख८६हजार८सय५६ को अनुमानित नीति तथा बजेट प्रतुत गरेका छ्न । नीति तथा कार्यक्रममा नरहा गाउँपालिकालाई स्मार्ट सिटि तथा बाताबरण मैत्री रुपमा गुरुयोजनाको रुपमा राखेका छ्न । नीति तथा कार्यक्रममा नेपाल सरकारबाट स्थानीय तहलाई वित्तीय समानीकरण ९ करोड ७३लाख र समेत अनुदान १२ करोड ७३ लाख रहेको साथै नेपाल सरकारको स्थानीय तहलाई समपुरक अनुदान चालु ८० लाख रहनेछ। राजस्व बाडफाड अनुदान ५ करोड ५१ लाख ६५ हजार अनुमानि गरिएको छ। प्रदेश सरकारबाट ५६ लाख ९७ हजार प्रदेश सरकारबाट सवारी साधन कर बाँडफाँड अनुमानित १९ लाख २४ हजार ८सय ५६ । साथै प्रदेश सरकारबाट विशेष अनुदान ३० करोड र समपुरक अनुदान २० करोड गरी कुल ५० करोड समाबेश गरिएको हो । शिक्षा , स्वास्थ्य , खानेपानी, यातायात ,सडक प्रमुख ऐजेन्डामा रहने गरि समेटिएको छ । कार्यक्रम गाउँपालिका अध्यक्ष राम सरण यादब,उपाध्यक्ष गुलाब देबि चौधरी, प्रमुख प्रसासकिय अधिकृत सुजित कुमार यादब,वडा अध्यक्ष, वडा सद्स्य,कर्मचारी लगायताका सरोकारबालाहरुको उपस्थित रहेको थियो ।