स्मिथ रजक । रौतहट । असार १७ गते
बिकास बिरोधीहरुको परिषद विफल गराउन तर्फ लागेको इशनाथका नगरप्रमुख संतोष कुमार मेहताले बताउनु भएको छ । आफूले नगरको चौतर्फी विकासको लागि ल्याएको बजेट विफल पार्ने षडयन्त्रमा लागेको प्रतिक्रिया दिनु भएको छ । तर कुनै पनि हालतमा विरोधीहरुको मनसाय पुरा नहुने विश्वास व्यक्त गर्नु भएको छ । सामन्ती र प्रतिक्रियावादी शक्तीहरु बिकास हुन्छ भनेर डराउनु पर्ने किन रु आफनो पाला विकास निर्माणको काम अगाडी बढाउन नसक्ने उनीहरुले अहिले इशनाथको विकास हेरेर आतिएका हुन् । पुर्व मन्त्री प्रभु साहको बिशेष पहल र नगर प्रमुख सन्तोष कुमार मेहता को सहयोगमा इशनाथमा विभिन्न योजना पार्न सफल भएको छ । ईशनाथ वडा नम्बर ५ मा ६ करोड ७४ लाखको लगानीमा खेल मैदान निर्माण,ईशनाथ मठमा ४ करोड ८१ लाखको लगानीमा विवाह मण्डप सहितको धर्मशाला निर्माण,मनमोहन गेट औरैया देखि बंकुल सम्म कालोपत्रे बाटो निर्माण जस्ता ठूला योजनाहरु मेयर मेहता पार्न सफल हुनु भएको छ ।
यस्ता यस्ता अझै बिकासका बजेटहरु अगामी वर्षमा संचालन हुने भएकोले प्रतिक्रियावादी र बिकास बिरोधी मानसिकता उपज भएको अन्य पार्टीहरु अहिले विभिन्न जालझेल र चलखेल गरि परिषद रद्द गराउन लागि परेको आरोप लगाउनु भएको छ । मेयर मेहताले भन्नु भयो उनीहरुलाई हेक्का होस कि २०४७ सालको प्रजातन्त्र कालदेखी नै ईशनाथ नगर क्षेत्रमा एक टोकरी माटो बाटोमा नखसाल्ने र अहिले नगर प्रमुखले बिकास बजेट चलाउन खोजदा विभिन्न किसिमका बाधा र अड्चन लगाउन खोज्नेहरु कति सम्म लाज पचेको होला रु आफू पनि नगर्ने र अरुलाई पनि गर्न नदिने लाई जनताले राम्रो संग चिन्दैछ । समय आएपछि जनताले अवश्य न्याय गर्नेछ वहाँले भन्नु भयो । सामाजिक संजालामा पनि आफू विरुद्ध विना आधार प्रमाणको नै आरोपहरु लगाइरहेका छन् । त्यस्ता हल्लाहरुको पछाडी नलाग्न आम नगरवासीहरु लाइ वहाँले अपिल गर्नु भएको छ । र त्यस्ता प्रतिक्रियावादीहरु लाइ सत्य , तथ्य बुझेर मात्र टिका टिप्पणी गर्न वहाँले सुझाव दिनु भयो । विपक्षीहरु आफू मनपर्दी विकासको योजनाहरु नपाए पछि यस्ता जाल झेल तर्फ लागेको आरोप लगाए ।