उपेन्द्र गोले रौतहट । असार १७ गते
रौतहटको चन्द्रपुर नगरपालिको वडा नम्बर ३ गैडाटार र चन्द्रनिगाहपुर जोड्ने चादी नदीमा निर्माण शुरु गरिएको पुलको निर्माण सम्पन्न गरिसक्नु पर्ने समयभन्दा २ बर्ष वितिसक्दा पनि आधा काम पनि हुन सकेको छैन । जसले गर्दा हरेक बर्ष गैडाटारका स्थानियले सास्ति खेप्दै आएका छन । रौतहटमा बर्षातको समयमा चन्द्रपुर नगरपालिकाको वडा नम्बर ३ गैडाटार र चन्द्रनिगाहपुर सडकखण्डमा पर्ने चादी खोलामा निर्माणधिन पुल तोकिएको समयावधिमा निर्माण सम्पन्न नहुदा गैडाटारबासीले सास्ति खेप्दै आएका हुन । बर्षाको समयावधिमा चादी खोलामा अत्याधिक पानी बहाव बढेपछि स्थानिय गैडाटारबासीहरु आवतजावतमा अवरोध हुने गरेको छ । पप्पु शिव शंकर जेभी कम्पनि गरुडा रौतहटले भ्याटसहित २५ करोड ३६ लाख २४ हजार २८२ रुपिया ६० पैसामा ठेक्का सकारेको निर्माण कम्पनि २०७३ साल पुसमा निर्माण सम्झौता गरेको सो पुल २०७६ असार सम्ममा निर्माण सम्पन्न गरिसक्नु पर्ने थियो तर निर्माण समयावधि वितेको २ बर्ष भइसकेको छ तर हालसम्म पुल निर्माणको काम आधा समेत सम्पन्न हुन सकेको छैन । जसले गर्दा खोलाको पानीको बहाव कति बेला कम होला र खोला तरेर गन्तब्य स्थल पुगौला भन्ने चिन्तामा स्थानिय रहदै आएका छन । गैडाटारहरुका किसानहरुले दुध , बिरामी लगायत अति आवश्यक कामका लागी चन्द्रनिगाहपुर नै जानु पर्ने बाध्यात्मक परिस्थिती रहेको छ । बिरामीहरुलाई समयमा नै अस्पतालमा पुर्याउन नसक्दा र खोलाले बगाउदा हरेक बर्ष गैडाटारबासीको मृत्यु हुने गरेको छ । पुल निर्माणमा ढिलाइ हुदा स्थानियबासीले बारम्बार ताकेता गर्दा समेत निर्माण कम्पनिले चासो नदेखाएकाले स्थानियबासी २÷३ घण्टा खोलाको डिलमा पानीको बहावमा कमी आएपछि जोखिमपुर्ण यात्रा गर्ने गरेका छन । समयमा नै पुल निर्माण सम्पन्न हुन नसकेपछि निर्माण कम्पनि ,सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरसँग पुल निर्माणमा तिब्रता दिने लिखित सहमति भएको भएतापनि पुल निर्माणमा गति लिन नसकेको स्थानिय लाल बहादुर दोङ बताउनु भयो । ११ ओटा स्पर रहेको सो पुलको लम्बाई ४६९।५ मिटर रहेको छ । निर्माण कम्पनिसँग भएको सम्झौता अनुसार यति बेला स्थानिय पुलबाट आवतजावत गरि सक्नु पर्ने थियो । तर ११ स्परमध्ये हाल ४ ओटा स्पर मात्र निर्माण सम्पन्न भएको १ स्पर निर्माणको काम भइरहेको छ भने ६ ओटा स्पर निर्माणको काम शुरु समेत भएको छैन । पुल निर्माणमा जिम्मेवार पाएका निर्माण कम्पनिहरुले तोकिएको समयमा नै निर्माण कार्य सम्पन्न गर्न गराउन नेपाल सरकारले नै कडाई गर्नु पर्न आवश्यकता स्थानियले औल्याएका छन ।