उपेन्द्र गोले रौतहट । असार १७ गते
रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ पौराइका १८० परिवारलाई खाद्यान्न समाग्री वितरण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ मंगलपुरका नेकपाका युवा नेता बलराम राउतले आफ्नो ब्यक्तिगत लगानीमा पौराइका १८० अति विपन्न परिवारलाई विहिबार एक कार्यक्रमका साथ वितरण गरिएको छ । कोरोना महामारीको समयमा अति विपन्न परिवारहरु प्रभावित भएकाले आफुले राहत स्वरुपचामल वितरण गरेको राउतले बताउनु भयो । पौराईका अति बिपन्न परिवारहरुलाई आफ्नो ६ महिनाको पेन्सन रकमले सो खाद्यान्न सामाग्री वितरण गरेको नेता राउतको जानकारी दिनु भयो । कार्यक्रममा दयाराम दाहाल, मानव अधिकारकर्मी टेक बहादुर पौडेल,गोपाल न्यौपाने,गौतम खड्का,सुकेन्द्र गोले लगायतको सहभागिता रहेको थियो । राम बहादुर परियारको अध्यक्षता सम्पन्न कार्यक्रम लक्ष्मण न्यौपानेले सञ्चालन गर्नु भएको थियो ।