रौशन चौधरी । गरुडा । असार १८ गते
मध्य रौतहटको गरुडामा बैंङर्कसहरुले गरुडामा विरोध जुलुस निकालेको छ । जिल्लाका बैंकहरुको प्रबन्धहरुले सामाजिक सुरक्षा योजना विरुद्ध विरोध गरेका हुन् । शुक्रवार गरुडामा योगदानमा आधारित सामाजिक सुरक्षा योजनामा हाम्रो असहमति किन? लेखेको बैनर बोकेर विरोध गरेका हुन् । उनीहरुले विरोध गर्ने कारण पनि उल्लेख गरेका हुन् । जुन यस प्रकार रहेको छ । आइएलओ अभिसन्धि १९४९(नं. ९८),नागरिकको मौलिकहक,श्रम ऐनको मर्म विपरीत बैंक,बीमा तथा वित्तिीय संस्थाका कर्मचारीहरुको च्ष्नजत तय यचनबलष्शभबलम च्ष्नजत तय अयििभअतष्यल द्यबचनबष्लष्लन गर्न पाउने हक कुण्ठित हुने गरी योगदानमा आधारित सामाजिक सुरक्षा योजना ल्याएकोले,खाइपाइ आएको सेवा सुविधा घटने र तिन दशक लामो संघर्षबाट प्राप्त उपलब्धी गुम्ने भएकोले,नेपाल विक्तिय संस्था कर्मचारी संघ,सिद्धार्थ बैंक कर्मचारी संघ तथा नेपाल बैंकर्स संघ लगायतका विभिन्न संघ संस्थाहरुले विगत २ वर्ष देखि उठाएका विषयहरु योगदानमा आधारित सामाजिक सुरक्षा ऐन,विनियम र कार्यविधिमा रहेका अमिल्दा व्यवस्थाहरु संशोधन नगरी बलजफती गरिएकोले,योगदानमा आधारित सामाजिक सुरक्षा योजना स्वेच्छिक नभइ बाध्यकारी भएकोले,न्युनतम ज्याला,पारिश्रमिक बाट बञ्चित बहुसंख्यक श्रमिकहरुलाइ सामाजिक सुरक्षा योजनामा सहभागी गराइ तिनको सामाजिक सुरक्षाका हक सुनिश्चत नगरेकोले यसको विरोध गरेको जनाएको हो । सो विरोध कार्यक्रममा सिटिजेन इनटरनेशन बैंक,सिद्धार्थ बैंकका शाखा प्रबन्धक कैलाश चौधरी ,सेन्चुरी बैंकका शाखा प्रबन्धक दिनेश कर्ण,एभरेष्ट बैंकका शाखा प्रबन्धक प्रकाश महर्जन,मुक्तीनाथ विकास बैंकका ,लुम्बिनी विकास बैंक सहितका बैंकका प्रतिनिधीहरुको सहभागिता रहेको प्राइम कर्मसियल बैंक शिवनगर शाखाका प्रबन्धक अजय प्रसाद यादवले जानकारी गराउनु भयो ।