आरके श्रीवास्तव । कटहरिया । असार १९ गते
रौतहट जिल्लाको कटहरिया स्थित लालबकैया पुल भएर बाराको कलैया जाने बाटो अवरुद्ध भएको छ । लालबकैया पुलको ठिक अगाडी भखैरै निर्माण भएको कजवे ‐लचका०मा पानीको बहाब उच्च हुँदा कटहरिया देखि फतुवाविजयपुर लालबकैया नदी पारी जाने आवतजावतमा अबरोध भएको छ । लगातार परिरहेको वर्षाले लालबकैया नदीमा पानी सतह बढेसँगै उक्त कजवे भएर पानीको बहाव रफतारमा चलिरहेको छ । बाटो अवरुद्ध हुँदा कटहरिया बजार गर्न आउने नदी पारीका दर्जनौं गाउँका मानिसहरुको आवागमन ठप्प भएको छ । लालबकैया पारी गम्हरीया,सन्तपुर,पेटभरवा,टेंग्राहा सहित दजैनौै गाउँका मानिसहरु प्रभावित भएका छन् । उक्त कजवे भएर करिब ५ फिट भन्दा बढी पानी चलिरहेको स्थानियहरुले बताएका छन् । पाँच दिन देखि लगातार परिरहेको अबिरल बर्षाको कारण रौतहटको अधिकास पालिका डुबानमा परेको साथै पानिको निकास नहुँदा बिभिन्न सडक पनि जलमगन अवस्था रहेको छ । पानीको बहाव उच्च रहेकालेसवारी साधन आवागमनमा रोक लगाइएको इलाका प्रहरी कार्यलय फतुवाविजयका इन्सपेकटर विष्णु विकले जानकारी गराउनु भयो । निरन्तर भारी बर्षा भइरहेकोले तटिय क्षेत्रका बासिन्दाहरुलाई सुरक्षित स्थानमा बस्न र दाउरा संकलन गर्न नजान वहाँले आग्रह गर्नु भयो । निरन्तर बर्षाको कारणले गर्दा रौतहटका नागरिकहरुको जनजीवन प्रभावित भएको छ ।