उपेन्द्र गोले रौतहट । असार १९ गते
जिल्ला प्रशासन कार्यालय रौतहटले गत असार १५ गतेबाट रौतहटमा जोरबिजोर प्रणालीबाट सार्वजनिक सवारी साधन चल्न दिएको छ । निजी सवारी साधन जोरबिजोर प्रणालीबाट नै चलाउन पाउने जिल्ला प्रशासन कार्यालयले जनाएको थियो । अहिले सडकमा जोरको दिन बिजोर र बिजोरको दिनमा पनि जोर नम्बरका सवारी साधन चलाउन निर्देशन दिइएको छ । तर रौतहटमा त्यसको पालना गराउन प्रशासन गराउन नसक्दा सबै खाले सवारी साधनहरु ीनर्वाद रुपमा चलिरहेका छन । पछिल्लो समय प्रशासनले चेकिङमा कडाई गर्न नसक्दा जिल्ला प्रशासन कार्यालय रौतहटको खिल्ली उडाइएको छ । रौतहटका मुख्या क्षेत्रहरु चन्द्रनिगाहपुर , गौर , गरुडा , कटहरिया , मौलापुर , सबै नम्बरका सवारीसाधन सडकमा गुडिरहेका छन । ट्राफिक प्रहरीले चेकजाँच गरेको देखिँदैन । रौतहटको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जोरबिजोर प्रणालीलाई उल्लंघन गर्न नमिल्ने बताउनु भयो । रौतहटमा निषेधाज्ञा जारी रहेको र जोरबिजोर प्रणालीबाट सवारी साधन सञ्चालन गर्न दिइएको जनउनु हुदै थप कडाई गर्न प्रहरीलाई निर्देशन दिने यादवले बताउनु भयो । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख सिद्धिविक्रम साहले अत्यावश्यकका सवारी साधनलाई भने जोरबिजोर प्रणाली लागु नहुने तर जोरबिजोर प्रणालीलाई कडाई गरिरहेको बताउनु भयो । अत्यावश्यक पत्रकार,पेट्रोलियम पदार्थ, बैंक तथा वित्तिय सस्थाका गाडी र सरकारी गाडीमा जोरबिजोर लागु नहुने साहको भनाइ रहेको छ । यात्रु बाहक बस , म्याजिक तथा निजि सवारीहरुले निषेधाज्ञाको उल्लङ्घन गरी चल्दै आएको स्थानियले बताएका छन ।