आरके श्रीवास्तव । असार २० गते
सर्लाही जिल्लाको रामनगर गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माको निधन भएको छ । नेपाली काँग्रेस बाट निर्वाचित बर्माको दुःखद निधन भएको छ । वहाँ को शनिवार राती ११ः३० बजे काठमाडौं स्थित नेपाल मेडिसिटी अस्पतालमा निधन भएको पारिवारिक स्रोतले जनाएको हो । हृदयघात रोगकका कारण वहाँको निधन भएको बर्माका आफन्त राहुल श्रीवास्तवले जानकारी गराउनु भयो । वहाँको निधनले चित्रांस समाज र गाउँपालिका परिवारले एक कुशल र अनुभवी नेतृत्वकर्ता गुमाएको छ । मृत आत्माको चिर शान्तीको कामना गर्दै भावपुर्ण श्रद्धाञ्जली अर्पण र शोकसन्तप्त परिबारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भनी हार्दिक समवेदना प्रकट गरिएको छ । अन्दाजी ७० वर्षिय बर्मा २०३५ साल देखि गाबिस अध्यक्ष हुँदै स्थानिय तहको निर्वाचन पछि गाउँपालिका अध्यक्षमा निर्वाचित हुनु भएको थियो । वहाँ रामनगर गाउँपालिकाको खैर्वा निवासी हुन् । पाँच पटक सम्म गाबिस अध्यक्ष बनेको बर्मा नेपाली काँग्रेसको महासमिति सदस्य पनि हुनु हुन्थ्यो । वहाँको पार्थीक शरीरलाइ काठमान्डौं बाट पैतृक गाउँ खैर्वा आजै ल्याइने र अन्तिम दाहसंस्कार गरिने पारीवारिक स्रोतले भनेको हो ।