ओम प्रकाश यादव । रौतहट । असार १९ गते
लगातारको वर्षापछि लालबकैया नदिमा आएको बाढीले रौतहट स्थित हर्षाहा घाटको तटबन्ध बाढीको उच्च जोखिममा रहेको छ ।
लालबकैयाको बाढीले तटबन्ध जोखिममा परेपछि कटहरिया नगरपालिकाको अधिकांश गाउँ बाढीको उच्च खोखिममा परेको छ । जिल्लाको कटहरिया नगरपालिका ४ हर्षहा घाट स्थित लालबकैया नदिको बाढीले तटबन्ध कटान गर्ने कागारमा पुगेको छ । तटबन्ध कटान भयो भने कटहरिया नगरपालिकाको हर्षाहा सहितका गाउँहरु डुवानमा पर्ने खतरा बढेको छ । हर्षहा घाटको तटबन्ध निकै कमजोर रहेका कारण अहिले वर्षातको शुरुमै आएको बाढीले जोखिमपूर्ण थालेको देखिएको छ । सरकारले प्रत्येक वर्ष सो ठाउँको तटबन्ध मर्मत सम्भार गर्न लाखौ करोडौ रकम खर्च गर्ने गरेको थियो । तर यसपालि त्यहाँ े तटबन्ध मर्मत गर्न कुनै किसिमको रकम छुट्टयाएको थिएन् । तटबन्ध मर्मत सम्भारका लागि केहि ठेकेदार र निर्माण कम्पनीले सरकारबाट करोडौको टेण्डर पाउने गरेको भएपनि तटबन्ध मर्मत सम्भार हुन सकेको छैन । तटबन्ध मर्मत सम्भारको नाममा ठेकेदार र निर्माण कम्पनीले वार्षिक करोडौ रकम सिध्याउने गरेको भएपनि यसप्रति सम्बन्धित निकायले कुनै ध्यान दिन सकेको छैन । नदी नियन्त्रणको बदमासीका कारण अहिले सो तटबन्ध कटान हुने जोखिममा हुँदा दर्जनौ गाउँ बस्ती बाढीको उच्च जोखिममा परेको छ । लालबकैयामा बाढीले आएपछि नदि किनारका बासिन्दाहरु त्रसित भएका छन । बाढीले जतिखेर पनि तटबन्ध भत्काएर गाउँमा छिर्न सक्ने र ठुलो जनधनको क्षति पुरयाउन सक्ने भन्दै स्थानीयहरु त्रसित छन । सम्बन्धित निकायले तत्कालै तटबन्ध मर्मत सम्भार नगरे लालबकैया नदिको बाढीले जतिखेर पनि तटबन्ध भत्काउने र मानव बस्तीमा प्रवेस गरेर ठुलो जनधनको क्षति पुर्याउन सक्ने खतरा रहेको छ । त्यसैले सम्बन्धित निकायले सो ठाउँको तटबन्ध तत्काल मर्मत सम्भार गर्नुपर्ने आवश्यक्ता रहेको देखिएको छ । सो वाडका वडाध्यक्ष चन्दन कुश्वाहा सँग सोधदा नदी नियन्त्रणले यसपालि कुनै बजेट नै दिएन । यो ठाउँमा ठोक्कर निर्माण,कलवर्ट,स्लोप को आवश्यकता छ । सम्बन्धित निकाय सँग यो आवश्यकताहरु पूर्ति गरिदिनु हुन माग गर्दछु ।