रौशन चौधरी । रौतहट । असार १९ गते
राजनितीकर्मी केही र सञ्चारकर्मीले आफूलाइ बदनाम गराउन खोजेको गौर अस्पतालका प्रमुख कृष्ण साहले बताउनु भएको छ । रौतहटको गौर अस्पतालमा सुचनाको माग गरिएको छ जुन नियम अनुसार नै आफूले उपलब्ध गराउले साहले बताए । तर त्यही बहानामा आफूलाइ बदनाम गराउन नहुने उनले बताए । माग भए अनुसारको कागजात सम्बन्धित ब्यक्तिलाई उपलब्ध गराई दिन आदेश दिई सकेकाले अब केही दिनमा सो सुचनाहरु उपलब्ध हुने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा। कृष्ण साहले बताउनु भयो । केही राजनितीकर्मी र सञ्चारकर्मीले मिलेर आफूलाइ बदनाम गराउन हर सम्भव प्रयत्न गर्न लागेको दुखेसो पोखेका छन् । कुनै शिर्षकमा अनियमितता भए प्रमाणित गरेर देखाउन वहाँले चुनौती दिनु भयो । असार मसान्तकै मुखमा आएर कागजातहरु मागहरु उचित नरहेको उनले बताए । आफू आएपछि अस्पतालको चौतर्फी विकासमा ध्यान दिएको ठोकुवा गरे ।