उपेन्द्र गोले रौतहट २० असार ।
जिल्ला प्रशासन कार्यालय रौतहटंले निजी सवारी साधनमा लगाएको जोर बिजोर प्रणाली हटाएको छ । सार्वजनिक यातायात सञ्चालनमा भने रोक लगाइएको छ । बढी यात्रु राख्न नपाइने गरी स्वास्थ्यका मापदण्ड अनिवार्य पालना गर्ने गरि जोरविजोर प्रणली हटाइएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताउनु भयो । रौतहट जिल्लाभित्र मात्र निजी सवारी साधनहरु चलाउन पाइने जनाइएको छ । असार ३१ गते राती १२ बजेसम्म निषेधाज्ञा जारी रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ । निषेधाज्ञाको समयमा भिडभाड हुने क्षेत्रहरु सभा सम्मेलन , शैक्षिक संस्थाहरु ल्गायतका क्षेत्र भने बन्द रहने जिल्ला प्रशासन कार्यालय रौतहटले जनाएको छ ।