उपेन्द्र गोले रौतहट असार २१ गते
रौतहटको चन्द्रपुर नगरपालिकाका ३ विद्यालयका कक्षा ८ मा अध्ययनरत ९३ जना छात्राहरुलाई सोमबार साइकल वितरण गरिएको छ । रौतहटको चन्द्रपुर नगरपालिकाको वडा नम्बर १ स्थित बागमति माविका ५६ जना , आधारभुत विद्यालय मंगलपुरका १९ जना र वडा नम्बर ६ स्थित आधारभुत विद्यालय मोतियाहीका १९ जना गरि ९३ जना छात्राहरुलाई प्रदेश २ सांसद धनलाल थोकरले एक कार्यक्रमकाबिच साइकल वितरण गर्नु भएको हो । प्रदेश २ सांसद थोकरले प्रदेश २ सरकारको मुख्यमन्त्री बेटी पढाउ बेटी बचाउ कार्यक्रम अन्तर्गत छात्राहरूलाई सो साइकल वितरण गर्नु भएको हो । कोरोना भाइरसको जोखिमलाई मध्य नजर गर्दै भाइरसबाट बच्नका लागि अपनाउनु पर्ने सम्पुर्ण स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउनुका साथै सामाजिक दुरी समेत कायम गरि थोकरले साइकल वितरण गर्नु भएको थोकरले बताउनु भयो । विद्यालयमा आयोजित कार्यक्रममा साइकल वितरण गर्नु हुदै थोकरले साइकल वितरण कार्यक्रमले टाढाबाट विद्यालय आउने छात्राहरुलाई विद्यालय आवतजावतमा सहज हुने बताउनु भयो । भौतिक दुरि टाढा भएका कारण धेरै छात्राहरुले विद्यालय अध्ययन गर्न बिचमा नै छाड्ने गरेको धेरै उदाहरणहरु देखिएकाले दुरि टाढा भएका कारण विद्यालय छाड्नु पर्ने समस्या साइकल वितरणले अन्त्य भएको थोकरले दावी गर्नु भयो ।